सिरी ए मा युभेन्टसको विजयी सुरुवात

खरीबोट

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पार्माको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि एक मात्र गो जर्जियो चिएलिनीले गरेका थिए । चिएलिनीले खेलको २१औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

पहिलो हाफ अघि क्रिस्टियानो रोनाल्डोले समेत गोल गरेको भएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफीको सहायताबाट अफसाइड गोल भएको निर्णय गरेपछी रोनाल्डोको गोलले मान्यता पाएन ।

युभेन्टस आफ्ना प्रशिक्षक माउरीजियो सारी निमोनियाका कारण उपचाररत रहेकाले उनी बिना नै पार्माविरुद्ध खेलेको थियो ।

युभेन्टसले आफ्ना पछिल्लो ९ सिजनमा आठौ पटक सिजनको पहिलो खेलमा जित हासिल गरेको छ ।

युभेन्टसले अब अर्को खेल गत सिजनको सिरी ए को उपविजेता नापोलीसँग खेल्ने छ भने पार्माले उडीनेससँग खेल्ने छ ।

सम्बन्धित समाचार

युभेन्टस बराबरीमा रोकिदा इन्टरमिलान शिर्ष स्थानमा 

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत गएरातीको खेलमा युभेन्टस फियोरेन्टिनाविरुद्ध बिना कुनै गोल बराबारीमा रोकिएको छ । फियोरेन्टिनाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस प्रभाव हिन देखिएको थियो । क्रिस्टियानो रोनाल्डो, गोन्जालो

इन्टर मिलानको जितमा लुकाकुको निर्णायक गोल 

काठमाडौँ । इटालियन सिरी ए क्लब इन्टर मिलानले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इन्टर मिलानले काग्लिअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो । इन्टरको जितमा केहि साता

लुकाकुपछि सान्चेजले पनि छोडे म्यानचेस्टर युनाइटेड

काठमाडौँ । चिलीका फरवार्ड एलेक्सिस सान्चेजले अन्तत: म्यानचेस्टर युनाइटेड छोड्ने भएका छन् । इटालियन सिरी ए क्लब इन्टर मिलानले सान्चेजलाई लोनमा लैजान सहमत भएको छ । पछिल्ला केहि सातादेखिको लगातार छलफलपछि

इन्टर मिलानको विजयी सुरुवात, लुकाकुले गरे डेभ्यु खेलमै गोल

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा इन्टरमिलानले लेक्केविरुद्ध ४-० गोल अन्तरले विजयी भएको छ । इन्टरमिलानको जितमा केहि दिन अघि मात्र


z