• २०८१ बैशाख ७ शुक्रबार

सिरी ए मा युभेन्टसको विजयी सुरुवात

kharibot

काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले पार्मालाई १-० गोल अन्तरले पराजित गरेको हो ।

पार्माको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि एक मात्र गो जर्जियो चिएलिनीले गरेका थिए । चिएलिनीले खेलको २१औ मिनेटमा गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।

पहिलो हाफ अघि क्रिस्टियानो रोनाल्डोले समेत गोल गरेको भएपनि रेफ्रीले भिडियो असिस्टेन्ट रेफीको सहायताबाट अफसाइड गोल भएको निर्णय गरेपछी रोनाल्डोको गोलले मान्यता पाएन ।

युभेन्टस आफ्ना प्रशिक्षक माउरीजियो सारी निमोनियाका कारण उपचाररत रहेकाले उनी बिना नै पार्माविरुद्ध खेलेको थियो ।

युभेन्टसले आफ्ना पछिल्लो ९ सिजनमा आठौ पटक सिजनको पहिलो खेलमा जित हासिल गरेको छ ।

युभेन्टसले अब अर्को खेल गत सिजनको सिरी ए को उपविजेता नापोलीसँग खेल्ने छ भने पार्माले उडीनेससँग खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै