आर्सनलमाथि लिभरपुलको सहज जित, सलाहले गरे दुई गोल

खरीबोट

काठमाडौँ । इङलिश प्रिमियर लिगअन्तर्गत लिभरपुलले आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा लिभरपुल ३-१ गोल अन्तरले विजयी भएको हो ।

लिभरपुलको जितमा मोहमद सलाहले २ गोल गरे भने एक गोल जोएल माटिपले गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल लुकास टोरेइराले फर्काएका थिए ।

यो जितसँगै लिभरपुलले प्रिमियर लिगमा अहिलेसम्म खेलेका तिनै खेलमा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । प्रिमियर लिगमा लिभरपुलको यो लगातार १२औ जित समेत हो । साथै घरेलु मैदानमा लिभरपुल अहिलेसम्म लगातार ४२औ खेलमा अपराजित रहेको छ ।

त्यस्तै सुरुका दुई खेलमा उत्कृष्ट खेल्दै जित निकालेको आर्सनलले भने यस खेलमा हार बेहोरेको छ ।

अब लिभरपुलले अर्को खेल बर्नलीविरुद्ध आगामी शनिबार खेल्ने छ भने आर्सनलले बने टोटनह्यामको सामना गर्ने छ ।

सम्बन्धित समाचार

म्यानचेस्टर सिटीको अप्रत्याशित हार

काठमाडौं । इङलिश प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर सिटी पराजित भएको छ ।  गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटी नर्विच सिटीसँग ३-२ गोल अन्तरले पराजित भएको हो । नर्विचको जितमा केनी म्याकलीन, तोड कान्टवेल र

न्युक्यासलमाथि लिभरपुलको सहज जित, मानेले गरे दुई गोल 

काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले न्युक्यासल युनाइटेडलाई पराजित गरेको छ । शनिबार भएको खेलमा लिभरपुलले न्युक्यासललाई ३-१ गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा साडियो मानेले २ गोल गरेका

प्रिमियर लिगमा आर्सनल र टोटोनह्याम बराबरीमा रोकिए

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र टोटोनह्यामबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा आर्सनलले २-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गर्न सफल भएको हो

प्रिमियर लिगमा लिभरपुलको विजयी यात्रा जारी

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुलले आफ्नो विजयी यात्रा जारी राखेको छ । गएराती सम्पन्न खेलमा लिभरपुलले बर्न्लीलाई ३-० गोल अन्तरले पराजित गरेको छ । लिभरपुलको जितमा साडियो माने र


z