लेवानडोस्कीको ह्याट्रिकमा बायर्नको जित, कोटिन्होले गरे डेभ्यु

खरीबोट

काठमाडौँ । जर्मनीको बुनडेसलिगा च्याम्पियन बायर्न म्युनिखले दोस्रो खेलमा जित हासिल गरेको छ ।

पहिलो खेलमा बराबरीमा रोकिएको बायर्न दोस्रो खेलमा शाल्केविरुद्ध ३-० को जित निकालेको हो । बायर्नको जितमा पोल्याण्डका स्ट्राइकर रोबेर्ट लेवानडोस्कीले ह्याट्रिक गरेका थिए ।

लेवानडोस्कीले पहिलो गोल २०औ मिनेटमा पेनाल्टीबाट हाने पनि बाँकी दुई गोल दोस्रो हाफमा गरेका थिए ।

यो सँगै नयाँ सिजनमा बायर्न विजयी लयमा फर्किएको छ ।

साथै अघिल्लो साता बार्सिलोनाबाट लोनमा बायर्न पुगेका ब्राजिलियन खेलाडी फिलिप कोटिन्होले पनि बुनडेसलिगामा डेभ्यु गरेका छन् । फस्ट टिममा नपरेका कोटिन्हो दोस्रो हाफको ५७औ मिनेटमा मैदान प्रवेश गरेका थिए ।

बायर्नले अब अर्को खेल आगामी शनिबार मैन्जविरुद्ध खेल्ने छ भने शाल्केले हेर्थविरुद्ध खेल्ने छ । 
 

सम्बन्धित समाचार

बुन्डेसलिगामा बायर्न म्युनिखको फराकिलो जित 

काठमाडौँ । जर्मनी लिग बुन्डेसलिगा अन्तर्गत बायर्न म्युनिखले मैन्जलाई ६-१ गोलको फराकिलो गोल अन्तरले पराजित गरेको छ । बायर्नको जितमा बेन्जामिन पभार्ड, डेभिड अल्बा, इभान पेरिसिक, किंग्सले कोम्यान, रोबेर्ट लेवानडोस्की र

लेवानडोस्कीको ह्याट्रिकमा बायर्नको जित, कोटिन्होले गरे डेभ्यु

काठमाडौँ । जर्मनीको बुनडेसलिगा च्याम्पियन बायर्न म्युनिखले दोस्रो खेलमा जित हासिल गरेको छ । पहिलो खेलमा बराबरीमा रोकिएको बायर्न दोस्रो खेलमा शाल्केविरुद्ध ३-० को जित निकालेको हो । बायर्नको जितमा पोल्याण्डका

कोटिन्होले बायर्नसँग गरे आधिकारिक सम्झौता

काठमाडौँ । ब्राजिलियन स्टार फिलिप कोटिन्हो जर्मनी क्लब बायर्न म्युनिखसँग आधिकारिक सम्झौता गरेका छन् । बायर्न र बार्सिलोना कोटिन्होलाई एक बर्षका लागि लोनमा ट्रान्सफर गर्न सहमत भएसँगै कोटिन्हो बायर्न पुगेर क्लबसँग

जर्मनी च्याम्पियन बायर्न बराबरीमा रोकियो

काठमाडौँ । जर्मनी च्याम्पियन बायर्न म्युनिखले बोन्डेसलिगाको नयाँ सिजनमा औसत सुरुवात गरेको छ । लिगको पहिलो खेलमा हेर्था बर्लिनसँग बायर्न २-२ गोलको बराबरीमा रोकिएको हो । बराबरीमै रोकिएपछि बायर्नले नयाँ सिजनमा


z