• २०८१ बैशाख ७ शुक्रबार

कोहली र रहानेको अर्धशतकपछि भारत बलियो अवस्थामा

kharibot

काठमाडौँ । वेस्टइन्डिज र भारतबीच जारी पहिलो टेस्टको तेस्रो दिनको खेल सकिदा भारतले उत्कृष्ट खेल खेलिरहेको छ ।

भारतले अहिलेसम्म आफ्नो दोस्रो इनिंगमा केवल ३ विकेट गुमाउदै १८५ रन बनाएको छ भने पहिलो इनिंगमा पाएको ७५ रनको अग्रतासहित भारत अब २६० रनको अग्रतासहित खेलिरहेको छ ।

यस अघि पहिलो इनिंगमा भारतले २९७ रन बनाएको थियो भने वेस्टइन्डिज २२२ रनमा अल आउट भएको थियो ।

अहिले भारतका कप्तान विराट कोहली र उपकप्तान आजिख्य रहाने अर्धशतक बनाएर खेलिरहेका छन् । कोहली ५३ र रहाने ५१ रन बान्येर खेलिरहेका छन् । त्यस्तै भारतका केएल राहुल ३८, मयंक अग्रवाल १६ र चैतेश्वर पुजार २५ रन बनाएर आउट भएका थिए ।

वेस्टइन्डिजका रोस्टन चेजले २ तथा कमार रोचएल एक विकेट लिएका छन् ।

पहिलो इनिंगमा २९७ रनमा अल आउट भएको भारतले बलर इशान्त शर्माको उत्कृष्ट बलिङपछि वेस्टइन्डिजका २२२ रनमा अल आउट भएको थियो ।

वेस्टइन्डिजका लागि रोस्टोन चेजले सर्वाधिक ४८ रन बनाए भने कप्तान जेसन होल्डरले ३९ रन बनाए । त्यस्तै शेमरन हिटमेयरले ३५, साइ होपले २४, जोन क्याम्पबेलले २३, क्रेग ब्रेथवेटले १८, शमर्हब्रूकले ११, डारेन ब्राभोले १८ र कमर रोच शुन्य रनमा आउट भए ।

भारतका लागि बलर इशान्त शर्माले ५ विकेट लिए भने मोहमद सामी र रविन्द्र जडेजाले २-२ विकेट लिए । त्यस्तै जसप्रित बुमराहले के विकेट लिए ।

यस अघि पहिलो इनिंगमा भारतले २९७ रन बनाएर अल आउट भएको थियो । 

टस हारेर पहिला ब्याटिंग गरेको भारतले खराब सुरुवात गरेको थियो । भारतले सुरुका तीन विकेट छिटै गुमाउदा दबाबमा आएको थियो ।

ओपनर मयंक अग्रवाल ५ रन, चैतेश्वर पुजारा २ रन र कप्तान विराट कोहली ९ रन बनाएर आउट भएपछि टिमको २५ रन हुदा तिन प्रमुख ब्याट्सम्यान आउट भएका थिए ।
तर अर्का ओपनर केएल राहुल र आजिख्य रहानेले सम्हालिएर खेल्दै भारतलाई बचाएका थिए । राहुल ४४ रन बनाएर आउट भए भने रहानेले ८१ रनको पारी खेलेका थिए । त्यस्तै अर्का खेलाडी हनुमा विहारीले ३२ रन बनाएका थिए ।

दोस्रो दिन रिषव पन्त २४ रन बनाएर आउट भए भने रविन्द्र जडेजाले महत्वपूर्ण ५८ रन बनाएर आउट भएका थिए । त्यस्तै इशान्त शर्माले १९ रन बनाए भने मोहमद सामी शुन्यमा आउट भए । त्यस्तै जसप्रित बुमराह ४ रन बनाउदै अविजित रहे ।

वेस्टइन्डिजका लागि केमोर रोचले सर्वाधिक ४ विकेट लिएका थिए भने शानोन गाब्रियलले ३ विकेट लिए । त्यस्तै रोस्टन चेजले २ विकेट लिए भने जेसन होल्डरले एक विकेट लिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै