• २०८१ बैशाख ८ शनिबार

एशेजको तेस्रो खेल रोमान्चक मोडमा, सम्हालियो इङल्याण्ड

kharibot

काठमाडौँ । जारी एशेज सिरिजको तेस्रो खेल रोमान्चक मोडमा पुगेको छ । ३५९ रनको लक्ष्य पछाएको मा अस्ट्रेलियाले घरेलु टिम इङल्याण्डले आफ्नो दोस्रो इनिंगमा सम्हालिएर खेलेपछि टेस्ट रोमान्चक बनेको हो ।

पहिलो इनिंगमा केवल ६७ रनमा अल आउट भएको घरेलु टिम दोस्रो इनिंगमा भने तेस्रो दिनको खेल सकिदा ३ विकेट गुमाउदै १५६ रन बनाएर खेलिरहेको छ । अब इङल्याण्डलाई जितका लागि २०३ रन आवश्यक छ भने उसका ७ विकेट अझै बाँकि रहेका छन् ।

इङल्याण्डको दोस्रो इनिंग कप्तान जोय रुट र अर्का खेलाडी जोय डेनलीले सम्हालेका हुन् । डेनली अर्धशतक बनाएर आउट भएका छन् भने कप्तान रुट अविजित ७५ रन बनाउदै खेलिरहेका छन् । त्यस्तै उनलाई बेन स्टोकले २ रन बनाएर साथ दिएका छन् ।

रुट र डेनलीबीच तेस्रो विकेटका लागि १२६ रनको साझेदारी भएको थियो । त्यस्ती रुट र स्टोकबीच १५ रनको साझेदारी भएको छ ।  

यस अघि रोरी बर्न्स ७ र जेसन रोय ८ रन बनाएर आउट भएका थिए ।

अस्ट्रेलियाका लागि जोस हजेलवुडले २ विकेट लिए भने पाट कमिन्सले एक विकेट लिए ।

यस अघि पहिलो इनिंगमा अस्ट्रेलिया १७९ र दोस्रो इनिंगमा २४६ रनमा अल आउट भएको थियो ।

५ खेलको सिरिजमा अस्ट्रेलिया एक खेलमा जित हासिल गर्दै १-० ले गाडी रहेको छ भने दोस्रो टेस्ट ड्र भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै