• २०८१ बैशाख ७ शुक्रबार

मेसी ठिक नभएपछि बार्सिलोना दबाबमा, बेटिसविरुद्ध नखेल्ने

kharibot

काठमाडौँ । लियोनेल मेसी इन्जुरीको इन्जुरी ठिक नभएपछि ला लिगाको दोस्रो खेल पनि नखेल्ने भएका हुन् । आइतबार राति रियल बेटिसविरुद्धको खेलमा मेसी नखेल्ने भएको बार्सिलोनाले जानकारी दिएको छ ।

मेसीले यस सिजनको ला लिगाको पहिलो खेल समेत गुमाएका थिए । एथलेटिक क्लबविरुद्धको सो खेलमा बार्सिलोना १-० गोलले पराजित भएको थियो ।

मेसीले बेटिसविरुद्धको अन्तिम प्रशिक्षणमा समेत सहभागिता जनाएका थिएनन् । बार्सिलोना नयाँ सिजनकै सुरुमा इन्जुरीका कारण दबाबमा परेको छ । मेसीसहित लुइस स्वरेज र उसमान डेम्बेलेसमेत घाइते भएका काराण बेटिसविरुद्धको खेल खेल्ने छैनन् ।

बार्सिलोनाका प्रशिक्षकले इर्नेष्टो भालभेर्डोले मेसीको बारेमा कुनै रिस्क लिन नचाहेको बताएका छन् । 

मेसी गत महिना सम्पन कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा अर्जेन्टिनाका लागि खेलेपछि कुनै खेल खेलेका छैनन् । 

को को छन् टिममा ?

 

साथै बेटिसविरुद्धको यो खेल डिफेन्डर जेरार्ड पिकेका लागि बार्सिलोनामा ५ सयौ खेल हुने छ । यस अघि सात खेलाडीले बार्सिलोनाका लागि ५ सयभन्दा बढी खेल खेलेका छन् ।

बार्सिलोनाका लागि जाभीले सबै भन्दा धेरै ७६७ खेल खेलेका छन् भने मेसीले ६८७, आन्द्रे इनेष्टाले ६७४, कार्लेस पुयेलले ५९४, मिगुएलीले ५४९, सेर्गी बस्क्वेटले ५३६ र भिक्टर भालडेसले ५३५ खेल खेलेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै