बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाहीले ज्यान गएको मृतकको आरोप 

खरीबोट

मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । 

नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टिकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए । दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ । 

लापरवाहीले ज्यान गयोः मृतकका आफन्त 

चिकित्सकको लापरवाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ । 

“चिकित्सकलाई पटक पटक खबर गर्दा पनि चासो देखाएनन्”, उनले भने । उनका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन् । घरमा तीन वर्षीय छोरा छन् ।

सम्बन्धित समाचार

करारका चिकित्सकका भरमा जाजरकोट अस्पताल

जाजरकोट । जिल्ला अस्पताल जाजरकोटमा ६३ जना स्वास्थ्यकर्मीको दरबन्दी छ तर करारका चिकित्सकको भरमा अस्पताल सञ्चालन गर्नुपर्ने बाध्यता छ । अस्पतालमा अहिले दरबन्दीका चिकित्सकको सङ्ख्या शून्य छ । दरबन्दीमा कार्यरत अघिकांश चिकित्सक

‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा

काठमाडौँ । योग तथा प्राकृतिक चिकित्सा सेवा दिने उद्देश्यले ‘काठमाडौँ नेचुरोपेथी अस्पताल’ सञ्चालनमा आएको छ । सो अस्पतालमा आधुनिक प्रविधिको माध्यमबाट बिना शल्यक्रिया र बिना औषधि उपचार गरिने अस्पतालका स्वास्थ्य निर्देशक

बिरामीको मृत्युपछि अस्पताल तोडफोड

चितवन । चितवन मेडिकल कलेजको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आज दिउँसो तोडफोड गरेका छन् । सो क्रममा भीड तितरवितर गर्न प्रहरीले अश्रुग्यास र लाठी प्रहार गरेको थियो । जिल्ला

अमिताभ बच्चन अस्पताल भर्ना

मुम्बई । बलिवुडका महानायक अमिताभ बच्चन अस्पताल भर्ना भएका छन् । भारतीय मिडियाहरुका अनुसार बच्चन लिभरको समस्यापछि अस्पताल भर्ना हुन् । अमिताभ बच्चनलाई गत मंगलबार राति २ बजे मुम्बईस्थित अस्पतालमा भर्ना


z