बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

खरीबोट

बर्दिया(गेरुवा) । बर्दियाको गेरुवा गाँउपालिका वडा नं ४ डङपुरमा बाघको आक्रमणमा परि बिहिवार मृत्यु भएकी ५६ बर्षिया रामकली शाहीको परिवारलाई तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ ।

बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कोष का कार्यालय प्रमुख श्याम थापाले बताए ।

हामीसँग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुने थापाले बताए। रकम हस्तान्तरण कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, गेरुवा गाँउपालिकाका प्रमुख जवानसिंह केसी र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतको उपस्थिति रहेको थियो । 

घटना दुःखद छ र अबका दिनमा वन्यजन्तुबाट यस्ता किसिमका घटना नहुन दिनका लागि तारबारलाई अझै व्यवस्थित गराउने साथै स्थानीय र गाँउपालिकाका प्रमुखसँग बसेर बृहत छलफल गरी वन्यजन्तुबाट हुने क्षतिलाई न्युन पार्न तत्काल नै पहलि कदम चालिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

दुःखद घटनाबाट हामी सबै बर्दिया बासि नै स्तब्ध भएको  प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । नगद ५० हजार हालको लागि राहतस्वरुप मात्र हो र क्षतिपूर्ति वाफत नेपाल सरकारबाट पाउने १० लाख रुपैयाँ छिटो उपलव्ध गराउनका लागि सामान्य कागजि प्रक्रिया पुरा हुने वित्तिकै मृतकका परिवारलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए।
 

सम्बन्धित समाचार

बाघले बढायो पर्यटक

बाँके । बाँकेमा निकुञ्ज स्थापना भएपछि प्रत्येक वर्ष बाघको सङ्ख्या बढ्दै गएको छ । विसं २०६७ मा बाँके राष्ट्रिय निकुञ्ज स्थापना भएपछि बाघलगायतका वन्यजन्तुको संरक्षण हुँदै आएको छ । सन्

मानव र पाटे बाघबीच द्वन्द्व

बर्दिया (धम्बोझी) । बर्दिया राष्ट्रिय निकुञ्जमा दिउँसै पाटे बाघ देखिन थालेपछि पर्यटकलाई लोभ्याएको छ । बाघलाई नजिकैबाट हेर्न चाहने पर्यटकहरुको सङ्ख्या पनि क्रमशः बढ्दो छ ।  निकुञ्ज क्षेत्रमा वन र घाँसे

बर्दियामा मान्छे मार्ने एक बाघ नियन्त्रणमा

बर्दिया(ठाकुरबाबा) । आईतबार बिहान घरमा बंगुरलाई दाना दिइरहेको अवस्थामा पहरिया थारुको बाघको आक्रमणबाट मृत्यु भएको थियो ।  थारुलाई आक्रमण गर्ने बाघलाई अथक प्रयास पछि आज सोमबार बिहान ८ बजेर १८ मिनेट

बाघको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई ५० हजार हस्तान्तरण

बर्दिया(भुरिगाँउ) । आईतबार बिहान बाघको आक्रमणबाट मृत्यु भएका पहरिया थारुका परिवारलाई राहत स्वरुप नगद ५० हजार हस्तान्तरण गरिएको छ।  बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं. १ भुरीगाउँ स्थित पानी ट्याङ्की नजिक बस्ने


z