• २०८१ बैशाख १२ बुधबार

बाघको आक्रमणबाट मृत्यु भएका परिवारलाई ५० हजार सहयोग

kharibot

बर्दिया(गेरुवा) । बर्दियाको गेरुवा गाँउपालिका वडा नं ४ डङपुरमा बाघको आक्रमणमा परि बिहिवार मृत्यु भएकी ५६ बर्षिया रामकली शाहीको परिवारलाई तत्काल राहत र आयआर्जनका लागि ५० हजार नगद हस्तान्तरण गरिएको छ ।

बर्दियाको ठाकुरद्वारा स्थित राष्ट्रिय प्रकृति संरक्षण कोषको मानव वन्य जन्तु व्यवस्थापन कोषबाट राहत र आयआर्जन वापतका लागि ५० हजार दिईएको कोष का कार्यालय प्रमुख श्याम थापाले बताए ।

हामीसँग रहेको कोषबाट आयआर्जन र राहत दिइएको रकमले तत्कालका लागि थोरै भए पनि राहत हुने थापाले बताए। रकम हस्तान्तरण कार्यक्रममा बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ, गेरुवा गाँउपालिकाका प्रमुख जवानसिंह केसी र बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बराल लगायतको उपस्थिति रहेको थियो । 

घटना दुःखद छ र अबका दिनमा वन्यजन्तुबाट यस्ता किसिमका घटना नहुन दिनका लागि तारबारलाई अझै व्यवस्थित गराउने साथै स्थानीय र गाँउपालिकाका प्रमुखसँग बसेर बृहत छलफल गरी वन्यजन्तुबाट हुने क्षतिलाई न्युन पार्न तत्काल नै पहलि कदम चालिने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

दुःखद घटनाबाट हामी सबै बर्दिया बासि नै स्तब्ध भएको  प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो । नगद ५० हजार हालको लागि राहतस्वरुप मात्र हो र क्षतिपूर्ति वाफत नेपाल सरकारबाट पाउने १० लाख रुपैयाँ छिटो उपलव्ध गराउनका लागि सामान्य कागजि प्रक्रिया पुरा हुने वित्तिकै मृतकका परिवारलाई हस्तान्तरण गरिने प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले बताए।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै