• २०८१ बैशाख ७ शुक्रबार

बारामा पहिलो लोकल कुखुरा पालन सुरु, मासिक लाख कमाई 

kharibot

बारा । विशेष गरी मासु , अण्डाको लागि प्रख्यात लोकल कुखुरा बाराका एक किसानले बिगत पाँच महिना अघि सुरु गरी मासिक एक लाख कमाउन थालेका छन् ।

एघार लाखको लागतमा फार्म तयार गरी पाँच महिना अघि बाराको निजगढमा लक्ष्मी पोल्ट्री फार्मले लोकल कुखुरा उत्पादन जिल्ला मैं पहिलो पटक सुरु गरेको हो ।

९५ रुपैयाँ प्रती गोटामा चल्ला खरिद गरी पाँच सय वटा चल्लाबाट लोकल कुखुरा पालन थालेका फार्मका सञ्चालक नबिन लम्सालले पाँच महिना पछि कुखुरा बिक्री योग्य भई मासिक एक लाख मुनाफा गर्न थालेको छ ।

झण्डै लोप हुँने अवस्थामा पुगेको लोकल कुखुरा पछिल्लो समय नेपालका बिभिन्न क्षेत्रमा व्यवसायिक रुपमा उत्पादन थालिए पनि बारामा यो पहिलो पटक हो ।

अन्य कुखुराको तुलनामा लोकल कुखुराको मासुको स्वाद नेपालीहरुले निकै रुचाउँदा लोकल कुखुराको मासु बजारमा दोब्वर पैसा तिरेर पनि किनेर खाने गर्दछन् । विषेश गरी सुत्केरी महिलाहरुलाई बढि प्रयोग गरिने प्रचलन रहेको छ । 

नेपालका अधिकांश मानिसहरुको जिविको पार्जनको लागि मुख्य पेशा कृषि र पशुपालन रहँदै आएको र ग्रामिण भु–भागमा बस्ने मानिसहरुले परापूर्वकाल देखि नैं परम्परागत शैलीमा एकाध घरमा प्रयोग गर्नका लागी मात्र कुखुरा पाल्दै आईरहेको थियो ।

लोकल कुखुरा पालन आम्दानीको राम्रो स्रोत भएको प्रमाणित गर्दै लम्सालले व्यवस्थित ढंङ्गले लोकल कुखुरा पालन गरेर ग्रामिण स्तरमा राम्रो आम्दानी हुँने हँुदा आफ्नैं बजारको माँग समेत आँफु एक्लैले थेग्न नसकेको देखेर र अन्य छर छिमेकी र युवाहरुलाई प्रेरित गर्ने गरेको बताए । 

स्वास्थ्यको हिसाबले पनि लोकल कुखुराको मासु र अण्डा व्यवसायिक कुखुराको भन्दा राम्रो मानिन्छ । व्यवस्थित ढंङ्गले लोकल कुखुरा पाल्ने हो भने एउटा लोकल माउ कुखुराबाट वर्षमा करिव २५ हजार रुपैयाँ सम्म आम्दानी लिन सकिन्छ । 

व्यवस्थित ढंङ्गले लोकल कुखुरा पालिएमा एउटा लोकल कुखुराले वर्षमा चार छिमल सम्म अण्डा दिने प्रत्येक छिमलमा १८ देखि २० वटा सम्म अण्डा पार्ने , त्यस मध्ये १४ देखि १६ वटा सम्म चल्ला कोरल्छ । 

कोरलेको ८० प्रतिशतको हिसावले ११ देखि १३ वटा सम्म चल्ला जिउँदो रही बेच्न योग्य हुँन्छ । दुई महिना पछि बढि दाना खुबाउँनु नपर्ने खुल्ला नैं छोडी दिदा हुँने र रोग पनि खासै नलाग्ने र बोईलर जस्तो जोखिम र झण्झट पनि नहँुने बताईन्छ ।

कुखुराको लागि छुट्टै बस्ने र अण्डा पार्ने सुरक्षित ठाउँ खोर चाहिन्छ । खोर भित्र स्वच्छ हावा वारपार गर्ने , पानीबाट बचाउँने , घाम लाग्ने कसरी बनाउँन सकिन्छ भनेर ध्यान दिनु पने कृषि कार्यालयले जनाउ दिने गर्दछ ।

कृषि पेशाले परिचित बारा जिल्लामा युवा देखि बृद्ध सम्मको उमेरकाले अहिले कृषि पेशालाई अंङ्गालिरहेका छन् । यस्ता कृषकहरुलाई प्रोत्साहन स्वरुप कृषि कार्यालयले बेला बेलामा कृषिसँग सम्बन्धित तालिम र सल्लाह सुझाव दिने हो भने , लम्शाल मात्रै नभई देशका समग्र नेपाली कृषि पेशाले नैं आत्म निर्भर बन्ने थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै