• २०८१ बैशाख १३ बिहीबार

प्रयोगकर्ताको व्यक्तिगत कुरा सुन्ने एप्पलका ३०० कर्मचारी निष्कासित 

kharibot

अमेरिका । पछिल्लो समय गूगल, अमेजन र एप्पलका थर्ड पार्टी वर्कर (कन्ट्राक्टर) हरुले मोबाइल प्रयोगकर्ताको अडियो क्लिप सुन्ने गरेको आरोप लाग्दै आएको छ ।

यसरी प्रयोगकर्ताको आवाज सुन्न थालेपछि कन्ट्राक्टरहरुबाट नै गोपनीयता चुहावट हुने जस्ता समस्या देखा परेको थियो । विशेषतः कम्पनीले भर्चुअल असिस्टेन्टको ट्रान्सक्रिप्सन राम्रो होस् भनी अडियो क्लिपको रिभ्युका लागि कन्ट्राक्टरहरुलाई जिम्मेवारी दिने गरेको छ । 

३०० कन्ट्राक्टर निकालिए 

यसैबीच अडियो क्लिप सुन्ने ३०० कन्ट्राक्टरलाई हटाइएको छ । एप्पलले आफ्नो सिरी भर्चुअल असिस्टेन्ट प्रयोगकर्ताको गोपनीयता कायम राख्न यस्तो कदम उठाएको हो । हटाइएका कन्ट्राक्टरहरुले सिरीले गर्ने रेस्पोन्स र सुझबुझलाई राम्रो बनाउन एक सिफ्टमा १ हजार अडियो क्लिप सुन्ने गर्दथे ।

गोपनीयता भंग तथा डेटा लिकको समस्या बढ्दै गएपछि एप्पलले सिरीको क्षमता बढाउने यो कार्यक्रमलाई नै बन्द गर्नुपर्यो । द एक्जामिनरको एक प्रतिवेदनअनुसार कर्मचारीहरुले क्यानडेली, अस्ट्रेलियाली तथा बेलायती अंग्रेजी भाषाको आवाज सुन्ने गर्दथे । 

यस विषयमा एप्पलका एक प्रवक्ताले भने, ‘हामीले सबैसँग राम्रो व्यवहार गर्नुपर्छ सबैलाई त्यो सम्मान पनि मिल्नुपर्छ जसको उनीहरु हकदार हुन्छन् । एप्पल ग्राहकको गोपनीयताको लागि प्रतिबद्ध छ । त्यसैले हाल सिरीलाई अझै राम्रो बनाउने यो योजना स्थगित गरिएको हो । यो विषयमा पुनः विचारविमर्श हुनेछ । 

यसभन्दा पहिला पनि एप्पलले विश्वभर गोपनीयताको विषयलाई लिएर विवाद बढेपछि आफ्नो क्वालिटी कन्ट्रोल प्रोग्रामलाई बन्द गरेको थियो । 

गूगल असिस्टेन्ट र अमेजनको एलेक्साले पनि सुन्छन् कुराकानी 

एप्पल सिरीबाहेक गूगल असिस्टेन्ट र अमेजन एलेक्साले पनि प्रयोगकर्ताको कुरा सुन्ने गरेको पछिल्लो समय सार्वजनिक एक प्रतिवेदनले देखाएको छ । प्रयोगकर्ताको गोपनीयता खतरामा परेको बारे यी दुवै कम्पनीले हालसम्म केही पनि आधिकारिक बयान भने दिएका छैनन् । यद्यपि, अमेजनले एलेक्सालाई राम्रो बनाउन केही रेकर्डिङ भने सुन्ने गरेको बताएको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै