• २०८१ बैशाख ७ शुक्रबार

पासवर्डको ट्रेलर सार्वजनिक : आइटम गीतमा सनी लियोनी

kharibot

काठमाडौँ । बलिउड अभिनेत्री सनी लियोनी फिचर्ड नेपाली चलचित्र पासवर्डको ट्रेलर सार्वजनिक गरिएको छ ।

आगामी भाद्र २७ गते रिलिज हुने पासवर्डमा अनुपविक्रम शाहीको प्रमुख भूमिका रहेको छ ।  

यस फिल्ममा करिब २ करोड रुपियाँ खर्च गरेर बलिवुड अभिनेत्री सनी लियोनी एक आइटम गीतमा फिचर्ड रहेकी छन् ।

लण्डनमा छायांकन गरिएको यो गीतका लागि महंगो बजेट खर्च गरिएको छ । चलचित्रमा समावेश हुने ‘सनी हो नाम मेरो’ बोलको गीतमा सनीले नृत्य गरेकी छिन् भने कोरियोग्राफर बिष्णु देभाले गीतको निर्देशन गरेका छन् । अर्जुन पोखरेलको संगीत रहेको यो गीतमा दुर्गा खरेलको स्वर रहेको छ ।

एबी इन्टरनेशनलको ब्यानरमा बनेको चलचित्रमा सम्राट बस्नेत, विक्रम जोशी, हिरल जोशी, अमित बस्नेतको लगानी छ ।

एक्सन र थ्रिलर कथामा चलचित्र बनेको छ । चलचित्रमा अनुप विक्रम शाही, विक्रम शाही, वुद्दि तामाङ, छुल्ठिम गुरुङ लगायतका कलाकारको अभिनय छ । सौरभ लामाले यो चलचित्र खिचेका हुन् ।

पासवर्डको ट्रेलर :

 

सनी मेरो नाम गीत :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै