• २०८१ बैशाख ८ शनिबार

१९ वर्ष पहिले हराएको नोकिया ३३१० मा ७० प्रतिशत ब्याट्री चार्ज 

kharibot

बेलायत । हाल बजारमा फिचर फोन निकै कम देखिन्छ । अहिले स्मार्टफोनको युग चलरहेको छ । तर, मोबाइलको संसारमा एक समय यस्तो फिचर फोन आएको थियो, जसको कुनै तुलना नै छैन । कुनै समय नोकिया ३३१० विश्वभर निकै चर्चित थियो ।

ब्याट्री खपत तथा बलियोमा यसको तुलना अन्य फोनसँग हुनै सक्दैन । ३, ४ दिनसम्म चार्ज नगरी चलाउन सकिने, कतै जोडले खसे पनि धूलो पुछेर चलाउन थाले हुने । त्यसैले यो मोबाइल प्रयोगकर्तामाझ निकै विश्वासिलो बन्न पुग्यो । 

हालसालै एक व्यक्तिले घरमा हराइरहेको नोकियाको ३३१० मोडल भेट्टाए । यो दराजको एक कुनामा परेको थियो । ती व्यक्तिले यसलाई दराजको कुनामा राखेर भुलेका थिए । अचम्मको कुरा उनले १९ वर्षपछि भेट्दा पनि यो फोनमा ७० प्रतिशत ब्याट्री चार्ज थियो । 

बेलायतको इलेस्मेर पोर्ट सहरमा मूडी निर्माण कम्पनीमा काम गर्ने केभिनले आफ्नो घरको साँचो खोजिरहेका थिए । उनले आफ्नो मोबाइलको बारेमा भुलिसकेका थिए । तर, उनले अचानक मोबाइल भेटे । उनले उक्त फोन १९ वर्ष अगाडि खरीद गरेको बताए । उनले हेर्दा मोबाइल अन हुनुका साथै मोबाइलमा ७० प्रतिशत चार्ज समेत रहेको बताए । 

नोकियाले सन् २००० मा यो फोन सार्वजनिक गरेको थियो । उनले यो फोन बजारमा आएको केही समयपछि नै किनेको बताए । 

हाल यो फोनको नयाँ भर्जन आएको  । नयाँ फोन ३३१० भने तीनओटा भेरियन्टमा उपलब्ध छ । त्यस्तै, यसमा ३जी र ४जी कनेक्टिभिटीको सविधा पनि दिइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै