• २०८१ बैशाख १२ बुधबार

रविसहित तीन जनालाई अदालत लगियो, अभियोग पत्र दायर गर्ने तयारी 

kharibot

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीन जनालाई जिल्ला अदालत चितवन लगिएको छ ।

आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । हिरासत मै राखेर अनुसन्धान गर्न अदालतले दोस्रो पटक पाँच दिनको म्याद थपेको आज सकिएको छ । लामिछाने विरुद्ध सरकारी वकिलले अभियोग पत्र दायर गर्ने तयारी गरेको बताइएको छ ।

प्रहरीले अनुसन्धानको फाइल तयार गरेको र तिनै जनाविरुद्ध अभियोग पत्र दायर गरेसँगै आजदेखि नै सरकारी वकिल र लामिछानेलगायतका वकिलबीच बहस सुरु हुनेछ । यदि आज बहस नसकिए भोली पनि बहस जारी रहने सम्भावना रहेको छ ।

जाहेरीवालाको तर्फबाट ५ जना वकिलले तथा प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्ने भएका छन् । त्यस्तै आरोपी अस्मिता कार्की तर्फबाट पनि छुट्टै ३ जना वकिलले बहस गर्ने भएकाले आजै बहस नसकिने सम्भावना रहेको बुझिएको छ ।

बहस सकिएपछि मात्र उनीहरु रिहा हुने नहुने बारे निर्णय हुने बताइएको छ ।

पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, रुकु भनिने अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।

पत्रकार पुडासैनी साउत २० गते नारायणगढस्थित एक होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । आत्महत्या गर्नुअघि पुडासैनीले खिचेको एक भिडियोमा लामिछाने, कँडेल र कार्कीले मर्न बाध्य पारेको उल्लेख गरेका थिए। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै