काठमाडौं । सुनको मुल्य फेरी बढेको छ ।
साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो मुल्य अहिलेसम्म कै उच्च रहेको महासंघले जनाएको छ ।
महासंघक अनुसार तेजावी सुनको मुल्य भने ७२ हजार २ सयमा कारोबार भईरहेको ।
त्यस्तै चाँदीको मुल्यमा भने तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।