भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि

खरीबोट

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ । स्थानीय तह निर्वाचन अघिसम्म नगरपालिकाको आन्तरिक आम्दानी रु पाँच करोड थियो ।

निर्वाचनपछिका दुई वर्षमा आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको हो । नगरप्रमुख सुरेन्द्र विष्टले स्थानीय तह निर्वाचनपछि दुई वर्षमा नगरपालिकाको रु पाँच करोडको आन्तरिक राजश्व दोब्बर बढीले वृद्धि भएको बताउनुभयो । गत आवको आम्दानीका आधारमा चालू आवमा रु १३ करोड २४ लाख आन्तरिक राजश्व सङ्कलनको लक्ष्य राखिएको छ ।

पाँचौँ नगरसभाबाट नगरपालिकाले रु एक अर्ब २२ करोडको बजेट पारित गरिएको थियो । गत वर्ष सेवा शुल्कबाट सबैभन्दा बढी रु पाँच करोड ३२ लाख राजश्व सङ्कलन गरिएको छ । सेवा शुल्कबाट रु चार करोड २७ लाख आम्दानीको लक्ष्य राखिएको थियो । रु तीन करोड २६ लाख लक्ष्य राखिएको रोयल्टीबाट रु चार करोड ७७ लाख आम्दानी गरिएको छ ।

नक्सापासबाट रु एक करोड २० लाख, बहालकर रु ५४ लाख ४७ हजार आम्दानी गरिएको छ । गत वर्ष स्थानीय कर रु दुई करोड ४९ लाख, व्यवसाय कर रु ९२ लाख, सम्पत्ति कर रु ८२ लाख, दस्तुर रु दुई करोड ४५ लाख सङ्कलन गरिएको थियो ।

नगरपालिका राजश्व परामर्श समितिका संयोजक उपनगरप्रमुख सुशीला चन्द सिंहले नगरपालिकाले राजश्व सुधारका लागि कार्ययोजना निर्माण गरिएको बताइन् । सोहीअनुरुप राजश्व सङ्कलनमा वृद्धि भएको उनको भनाइ छ ।  
–––
 

सम्बन्धित समाचार

भीमदत्त नगरपालिकाको आम्दानी दोब्बरले वृद्धि

कञ्चनपुर । स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाको आन्तरिक आम्दानी दोब्बर बढीले वृद्धि भएको छ । आव २०७५÷७६ को असार मसान्तसम्म नगरपालिकाको आन्तरिक राजश्व रु ११ करोड ५१ लाख पुगेको छ

साँघुरो कोठामा साफको बन्द प्रशिक्षण

भीमदत्तनगर \ तराईको चर्को गर्मी । साँघुरो कोठा र त्यसमाथि पङ्खा नहुँदाको अवस्था । कुस्ती खेलको आउँदो १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साफ) मा भाग लिने नेपाली खेलाडी यस्तै अभाव

डडेल्धुरामा भारी हिमपात, भीमदत्त राजमार्ग अवरुद्ध

डडेल्धुरा । डडेल्धुरामा सोमबार राति परेको हिमपातले सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात ठप्प भएको छ । दार्चुला, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, अछाम र बाजुराको मुख्य राजमार्ग मानिने भीमदत्त राजमार्गमा सोमबार

भीमदत्त नगरमा पुनः कर्फ्यु

कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरमा पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिका–४, ६ र १८ वडाका विभिन्न स्थान तोकेर आज बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको हो । भीमदत्त नगरपालिका–२ खोल्टीकी १३


z