• २०८१ बैशाख १३ बिहीबार

राष्ट्र बैंकले सोमबार चार अर्ब २३ करोडको ट्रेजरी बिक्री गर्ने 

kharibot

काठमाडौं । भोलि सोमबार नेपाल राष्ट्र बैंकले चार अर्ब २३ करोड ३२ लाख रुपैयाँकोको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बोलकवोलको माध्यमद्धारा भोलि अपरान्ह तीज बजेसम्म उक्त ट्रेजरी बिक्री गर्न लागेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

यसरी बिक्री गरिने ट्रेजरी अन्तर्गत  ९१ दिने अवधिको दुई अर्ब २३ करोड ३२ लाख र तीन सय ६४ दिने अवधिको दुई अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जानकारी दिएको छ । सो मध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुने अवधि आगामी मंसिर १० गते र तीन सय ६४ दिने ट्रेजरीको परिपक्व हुने अवधि आगामी भदौ नौ गते तोकिएको छ । 

राष्ट्र बैंकले यही भदौ दुई गतेपनि दुई अर्ब रुपैयाँको ट्रेजरी बिक्री गरेको थियो । उक्त ट्रजरीको नौ अर्ब २२ करोड रुपैयाँ बराबरको बोलकवोलको आवेदन परेको राष्ट्र बैंकले जानकारी दिएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै