जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति

खरीबोट

टोकियो । जापान र संयुक्तराज्य अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भएको छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रहरुको समूह ९जी७० को बैठकमा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संवाददाताहरुसँग वासिङ्टनमा शनिबार संक्षिप्त प्रतिक्रिया दिँदै भने, “वार्तामा ठूलो प्रगति भएको छ ।” मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो ।

“वार्तामा भएका प्रगतिका बारेमा जापान–अमेरिका सम्मेलनमा सार्वजनिक गरिनेछ,” मोटेगीले भने । उक्त सम्मेलन फ्रान्समा आयोजना हुने जी७ को बैठककै अवसरमा फ्रान्समा हुँदै छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जापानी प्रधानमन्त्री शिन्जो आबेबीच निकै सुमधुर सम्बन्धी रहेको छ तर राष्ट्रपति ट्रम्पले जापानमाथि द्विपक्षीय व्यापारमा अमेरिकाबाट अनपेक्षित लाभ पाइरहेको आरोप लगाउँदै आएका छन् । उनले दुबै मुलुकबीचको व्यापारिक सम्बन्धलाई बढी समावेशी बनाउनुपर्नेमा जोड दिइरहेका छन् । 

लाइटिजर र मोटेगी दुबैबीच जापानले अमेरिकी कृषिजन्य वस्तुमाथि लाग्दै आएको करलाई ट्रान्स–प्यासिफिक पार्टनरसिप टिपिपी सम्झौता बमोजिम अरु देश सरह बनाउन सहमति भएको छ । साथै जापानले अमेरिकाबाट आयात हुने मासुजन्य वस्तुको कर घटाउने तथा दुधजन्य वस्तुमा लागिआएको कोटा नराख्ने सहमति भएको जापानी प्रसारण संस्था एनएचकेले जनाएको छ ।

जापानले यसअघि टिपिपी सम्झौता बमोजिम कृषिजन्य वस्तुका सन्दर्भमा अरु मुलुक सरहको व्यवहार गर्ने वचन दिँदै आएको छ । 

पछिल्लो सहमतिमा अमेरिकाले जापानी औद्योगिक वस्तुमाथि अतिरिक्त कर नलगाउने जनाएको छ । तर जापानलाई टाउको दुखाई भएको जापानी सवारी साधनमाथि लाग्ने अमेरिकी करहरुका बारेमा भने अहिल्यै कुनै सहमति भएको छैन । 

तर दुबै मुलुकबीच अन्तिम सम्झौता अगामी सेप्टेम्बर महिनाको अन्त्यसम्ममा हुने जापानी अखबारहरुले जनाएका छन् ।

सम्बन्धित समाचार

ठुलो हुदै अमेरिका–इरान विवाद

काठमाडौं ।  पछिल्लो समय अमेरिकाले इरान, यहाँका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनी, दर्जनौँ उच्च पदस्थ नेता तथा सैनिक अधिकारी, इरानी तेल कम्पनी र पछिल्लो समय इरानी केन्द्रीय बैंकलगायतमा प्रतिबन्धको घोषणा

अमेरिकामा चिनियाँ भाषी चार पर्यटकको मृत्यु

लस एन्जलस । अमेरिकामा चिनियाँ भाषा बोल्ने चार पर्यटकको मृत्यु भएको छ ।  अमेरिकाको ब्रायस कन्योन नेसनल पार्क नजिकै उनीहरु चढेको बस शुक्रबार दुर्घटनाग्रस्त भएको थियो ।  राजमार्ग गस्ती टोलीका अनुसार दुर्घटना

राष्ट्रसंघको महासभामा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली अमेरिका जादै

काठमाडौं । संयुक्त राष्ट्रसंघको ७४औं महासभामा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको नेतृत्वको प्रतिनिधिमण्डल आज अमेरिका जाँदैछ । महासभामा आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउने र सन् २०३० भित्र तोकिएको सहस्राब्दी लक्ष्य

अमेरिकासँग वार्ताका लागि तालिबान खुला

काबुल (अफगानिस्तान) । अफगानिस्तानका विद्रोही तालिबान समूहका मुख्य मध्यस्थकर्ताले संयुक्तराज्य अमेरिकासँग “वार्ताको ढोका” अझै खुला रहेको बताएका छन् । युद्धग्रस्त मुलुक अफगानिस्तानमा मंगलबार दुईवटा भिषण बम हमला गरिएको केही घण्टा


z