• २०८१ बैशाख ८ शनिबार

पहिलो पटक भिडियो कन्फरेन्समार्फत बस्यो मन्त्रिपरिषद्को बैठक

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा रहेका बेला आज पहिलो पटक भिडियो कन्फरेन्स मार्फत मन्त्रिपरिषद्को बैठक बसेको छ ।

भिडियो कन्फेरेन्समा सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट सबै मन्त्री सहभागी भएका थिए भने सिंगापुरबाट प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।

नेपालमा पहिलोपटक भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद बैठक बसेको हो । सिंगापुरमा उपचारका क्रममा रहनुभएका प्रधानमन्त्री ओलीले भिडियो कन्फ्रेन्समार्फत मन्त्रिपरिषद  बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओली उपचारमा जानुअघि बसेको मन्त्रिपरिषदले कार्यविधि संशोधन गरी भिडियो कन्फ्रेन्समार्फत पनि मन्त्रिपरिषद बैठक बस्न सकिने निर्णय गरेको थियो ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै