• २०८१ बैशाख १२ बुधबार

धोखेबाज उखुको बिकल्प केरा !

kharibot

बारा । वर्षौं देखि उखु खेति गर्दै आईरहेका बारा निजगढका उखु किसानहरु पछिल्लो समय केरा खेतीतर्फ आकर्षित भएका छन् ।

नगदे बालीको रुपमा हेरिने उखुको मूल्य चिनी मिलहरुले समयमा भुक्तानी नदिई किसानहरुलाई झुलाएर दुखः दिन थाले पछि किसानहरु उखुको बिकल्प खोज्दै जाँदा केरा खेति तर्फ आकर्षित भएका हुन् ।

तीन चार दशक अघि देखि उखु खेति गरिदै आएको निजगढमा पछिल्लो एक दुई वर्ष यता करिब ९० प्रतिशत भु–भागमा केरा खेति गरिएको छ ।

व्यापारीहरुले किसानहरु कै खेतबारी र घर घरै पुगेर नगद भुक्तानीमा आफ्ना उत्पादन उठाई दिने र उखुमा भन्दा केरामा मुनाफा पनि बढी हुने हँदा अहिले निजगढका किसानहरुको केरा खेति पहिलो रोजाईमा परेको छ ।

फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोज सम्म उत्पादन दिने यस केरा खेतिबाट प्रति कठ्ठा वार्षिक ५० देखि ६० हजार सम्म आम्दानी हुँने किसानहरु बताउछन् ।

नौं कठ्ठामा केरा खेती गरेकी रेश्मा लामाले फागुन चैत्र महिनाबाट उत्पादन सुरु भई असोज सम्म उत्पादन दिने र प्रति हप्ता ३० देखि ४० हजार सम्मको केरा घरैबाट बिक्री हुने बताईन् । 

यसैगरी एक अर्का केरा उत्पादक किसान भरत खड्काले ३० औं वर्ष देखि उखु खेती गर्दे आएका हामी उँखु किसानलाई चिनी मिलले समयमा भुक्तनी नदिई दुखः दिएका कारण अहिले निजगढमा ९० प्रतिशत भु–भागमा केरा खेती गरेको बताए । 

यता निजगढ नगरपालिकका प्रमुख सुरेश कुमार खनालले नेपाल सरकारले केरा खेतिमा दिएको २५ प्रतिशत बिमा सुबिधाबाट बाँकी रहेको २५ प्रतिशतलाई नगरपालिकाबाट बिमा सुबिधा उपलव्ध गराउँने निर्णय भईसकेको बताउँदै केरा खेतिबाट मात्रै वार्षिक २५ देखि ३० करोड रुपैयाँ निजगढ भित्रने गरेको बताए ।  

उनले निजगढ केराको व्लक भएको बताउँदै अबका दिनमा केरा जोनको रुपमा बिकास गरिनु पर्ने बताए । 

मालभोग केराको पकेट क्षेत्र मानिएको यस निजगढलाई सरकारले केरा जोनको रुपमा बिकास गरी कृषि अनुदानमा सहजीकरण गर्न सके यहाँका किसानहरुको जिवन स्तरको काया पलट हुने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै