• २०८१ बैशाख ८ शनिबार

इन्भेष्टमेन्ट बैंकको ८२औं शाखा काठमाडौँको बालुवाटारमा  

kharibot

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८२औं शाखा काठमाडौं–४, बालुवाटारमा विस्तार गरेको छ ।

उपत्यकाका मुटु वरपर रहेर स्थापना गरिएको नयाँ शाखा स्थानीय माग पूरा गर्नेगरि लकर सुविधासहितका पूर्ण शाखाका रूपमा सञ्चालित हुनेछ ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंक सञ्चालक समितिका सदस्यहरूका साथै बैंकका वरिष्ठ अधिकारीहरू र स्थानीय सहयोगीहरूका बीचमा शाखाको उद्घाटन गरेका छन् ।

काठमाडौं उपत्यकाभित्र २५ औं शाखाका रूपमा रहेको यो शाखा प्रधानमन्त्रीको औपचारिक निवास, नेपाल राष्ट्र बैंक र अन्य संस्थागत भवनहरू भएको स्थानमा अवस्थित छ । 

यस बैंकले यो विस्तारभन्दा अघि हालैमात्र जेबिल्स फाइनान्स लिमिटेडलाई प्राप्ति गरेको थियो र बैंकले यसअघिका ग्रामीण विस्तारहरूसँगै यो शाखा थप भएपछि यसको कुशलतामा आधारित सञ्चालन अझ प्रभावकारी हुने दाबी गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले ८२ शाखा, १२० एटीएम, १४ एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५४ शाखारहीत बैंकिङ काउन्टरमार्फत आफ्ना ग्राहकहरूलाई सेवा पुर्याउँदै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै