• २०८१ बैशाख १२ बुधबार

रवि लामिछानेलाई पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन र विदेश जान रोक

kharibot

काठमाडौं । संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन नपाउने भएका छन् ।

अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । अदालतले आफ्नो  टेलिभिजन बाहेक अन्य टिभी र मिडियामा यस प्रकरणमा बोल्न नपाउने आदेश दिएको छ ।

त्यस्तै रविलाई विदेश जानु पर्ने भएमा अदालतको आदेश लिएर मात्र जान पाउने आदेश दिएको छ ।      

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा न्यायिक हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्की तीनै जनालाई धरौटीमा रिहा गर्न अदालते आदेश दिएको छ । जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजसाले धरौटीमा रिहा गर्न आदेश दिएको हो । 

अदालतले लामिछानेलाई ५ लाख, कँडेललाई ३ र कार्कीलाई साधारण तारिखमा छोड्न आदेश दिएको हो । मुद्दाको यो फैसला अन्तिम भने होइन ।

आइतवार सरकारी वकिल कार्यालयले अदालतमामा मुद्दा दर्ता गराएपछि नै बयान सुरु भएको थियो । आइतवार अस्मिता कार्कीको बयान लिइएको थियो। आज भने अदालतले लामिछाने र कँडेलको बयान लिएको थियो । 

मुलुकी संहितामा आत्महत्या गर्न बाध्य पार्नेलाई कारवाही हुने व्यवस्था छ । आत्महत्या दुरुत्साहनमा ५ वर्षसम्म कैद र रु ५० हजारसम्म जरिवाना हुने व्यवस्था छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै