• २०८१ बैशाख ७ शुक्रबार

इन्टर मिलानको विजयी सुरुवात, लुकाकुले गरे डेभ्यु खेलमै गोल

kharibot

काठमाडौँ । इटालियन सिरी ए मा इन्टर मिलानले विजयी सुरुवात गरेको छ । गएराती भएको खेलमा इन्टरमिलानले लेक्केविरुद्ध ४-० गोल अन्तरले विजयी भएको छ ।

इन्टरमिलानको जितमा केहि दिन अघि मात्र म्यानचेस्टर युनाइटेडबाट इन्टर पुगेका रोमेलु लुकाकुले डेभ्यु गोल गरेका छन् । त्यस्तै मार्सेलो ब्रोजोभिक, स्टेफीनो सेन्सी र एन्टोनीओ कानड्रेभाले एक एक गोल गरेका थिए ।

इन्टरका प्रशिक्षक एन्टोनीयो कोन्टेले अर्जेन्टिनी स्ट्राइकर माउरो इकार्डीलाई बहने यस खेलमा बाहिर राखेका थिए । क्लब छोड्ने नि नछोड्ने भन्ने अन्योलका बीच इकार्डी बाहिर बसेका हुन् ।

यस खेलमा लेक्केका डिएगो फारियासले खेलको ७६औ मिनेटमा रातो कार्ड खाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।

इन्टर मिलानले अब अर्को खेल आगामी आइतबार काग्लीअरीविरुद्ध खेल्ने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै