• २०८१ बैशाख १२ बुधबार

नेपाल एयरलाइन्स सार्वजनिक कम्पनीका रुपमा संचालन गरिने

kharibot

काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यवस्थापनलाई समयसापेक्ष सुधार गरी सार्वजनिक कम्पनीका रुपमा सञ्चालनको व्यवस्था गरिने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्ने क्रममा नेपाल एयरलाइन्सलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालन गर्नेलगायत सुधारका काम गरिने बताएका छन् ।

मन्त्री भट्टराईले हालै मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनलाई समेत आधार मानेर निगमलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालन गर्नेलगायत सुधारका काम गरिने बताए । 

उनले नेपाली हवाई यात्रुलाई अन्तरराष्ट्रिय यात्रु सरह बीमाको व्यवस्था गर्ने, नेपालको हवाई क्षेत्रबारे विश्वसनियता अभिवृद्धि गर्ने, ‘केप टाउन कन्भेन्सन’ सञ्चालन गरिनेलगायतका योजना सुनाए । 

निगमलाई सार्वजनिक कम्पनीका रुपमा सञ्चालनका लागि आवश्यक कानून संशोधनको मस्यौदा छिट्टै मन्त्रिपरिषद्मा पेश गरिनेछ । निगमको व्यवस्थापकीय सुधारलाई चुस्त र प्रभावकारी बनाइ चीनको ग्वोञ्जओ र साउदी अरबको रियाद उडानको वातावरण बनाइने, भएका जहाजको प्रभावकारी सञ्चालन तथा नयाँ गन्तव्य विस्तारका कामलाई सँगै अघि बढाइने भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै