विद्यालयबाट फर्कदै गर्दा बालक खोलामा बेपत्ता

खरीबोट

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । 

फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला पार्न सकिएको थिएन ।

विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । 

किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त  खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुदैँ आएको स्थानीय भीमबहादुर घलेले बताए ।  

नुवाकोटको किस्पाङ गाउँपालिका–१ भाल्चेका सरोज घलेलाई सोमबार विद्यालयबाट फर्कदै गर्दा खोलाले बगाएर बेपत्ता बनाएको छ । 

फिकुरीस्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक महानन्द यादवका अनुसार सोमबार किस्पाङ–३ स्थित होलिभिजन पब्लिक बोर्डिङमा अध्ययन गरेर फर्कदै गरेका नौ वर्षीय घलेलाई जानगन्दो खोलाले बगाएपछि खोजी गरिए पनि आज बिहानसम्म फेला परेका थिएनन् ।

विद्यालयबाट फर्कदै गरेका तीनमध्ये सरोजलाई बगाएर बेपत्ता बनाएपछि स्थानीयवासीको सहयोगमा प्रहरीले खोजतलास जारी राखेको छ । 

किस्पाङको वडा नं १ बाट गाउँपालिकाको कार्यालयसमेत रहेको स्थान वडा नं ३ को काहुलेतर्फ जाने उक्त  खोलामा पुल नहँुदा वर्षाको समयमा आउने बाढीले आवतजावतमा समस्या हुदैँ आएको स्थानीय भीमबहादुर घलेले बताए ।  

सम्बन्धित समाचार

अवैध बालुवा उत्खननमा संलग्न स्काभेक्टरमा साङ्लो

नुवाकोट । नुवाकोटका नदी र खोलामा अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर हेभी उपकरण प्रहरीले नियन्त्रणमा लिएर साङ्लो लगाएको छ । नदी र खोलाबाट अवैधरूपमा बालुवा उत्खननमा संलग्न स्काभेक्टर रोक्न चुनौती

बाढीले नुवाकोटका विभिन्न क्षेत्र प्रभावित, जनजीवन कष्टकर 

नुवाकोट । शनिबार राति परेको अविरल वर्षाका कारण नुवाकोटको विभिन्न स्थानमा आएको भलबाढीले घरमा क्षति तथा जनजीवन प्रभावित बनाएको छ ।  इलाका प्रहरी कार्यालय खरानीटारका अनुसार अविरल वर्षाले तादी गाउँपालिका–२ को

नुवाकोटमा घाँस काट्न गएकी किशोरीको लडेर मृत्यु

नुवाकोट । नुवाकोटको किस्पाङ गाउँपालिका–५ अर्चलेमा घाँस काट्न गएकी एक किशोरीको शनिबार भीरबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १७ वर्षीया रचना भट्ट रहेको सोही वडाका वडाध्यक्ष नरहरि भट्टले

श्रीमान्–श्रीमतीको झगडा छुट्टाउने महिलाको मृत्यु

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहमा श्रीमान्–श्रीमतीको झगडा छुट्टाउन सहजीकरण गर्ने महिलाको आज मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीयवासी ५५ वर्षीया लालमाया तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले नुवाकोटले जनाएको


z