• २०८१ बैशाख ८ शनिबार

लुकाकुपछि सान्चेजले पनि छोडे म्यानचेस्टर युनाइटेड

kharibot

काठमाडौँ । चिलीका फरवार्ड एलेक्सिस सान्चेजले अन्तत: म्यानचेस्टर युनाइटेड छोड्ने भएका छन् । इटालियन सिरी ए क्लब इन्टर मिलानले सान्चेजलाई लोनमा लैजान सहमत भएको छ ।

पछिल्ला केहि सातादेखिको लगातार छलफलपछि इन्टरले सान्चेजलाई लोनमा लैजान सहमत भएको बिबिसीले जनाएको छ ।

म्यानचेस्टर युनाइटेडमा प्रति साता ३ लाख ९० हजार पाउण्ड पारिश्रमिक पाउने सान्चेजलाई इन्टरले प्रति साता १ लाख ७५ हाजर पाउण्ड पारिश्रमिक दिन तयार भएको बताइएको छ ।
सान्चेजले बुधबार मेडिकलका लागि इन्टर मिलान पुग्ने बताइएको छ । 

२०१८ को जनवरीमा युनाइटेड आएका सान्चेजको युनाइटेड बसाई त्यति सुखद हुन सकेको छैन । अहिलेसम्म युनाइटेडका लागि ४५ खेल खेलेका सान्चेजले केवल ५ गोल मात्र गरेका छन् ।

युनाइटेडबाट केहि साता अघि इन्टर मिलान गएका बेल्जियमका रोमेलु लुकाकुको पहल पछि सान्चेज इन्टर मिलान गएको मिडिया रिपोर्टमा बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै