• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रिय वाणिज्य बैंकको १४ नयाँ शाखाको संयुक्त समुद्घाटन  

kharibot

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२  जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट अर्थमन्त्री डा.युबराज खतिवडाले समुद्घाटन गरेका छन् । यो सँगै बैंकको शाखा कार्यालयको संख्या २३६ पुगेको छ । 

उद्घाटन भएका नयाँ शाखाहरुमा झापा जिल्लाको वाह्रदशी गाउंपालिका वडा नम्बर ४ स्थित शाखा कार्यालय चकचकी,  मोरङ जिल्लाको धनपालथान गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय कर्सिया, काठमाडौं जिल्लाको काठमाडौं म.न.पा.वडा न. ३२ स्थित शाखा कार्यालय कोटेश्वर, कठमाडौं जिल्लाको टोखा न.पा.वडा न. ७ स्थित शाखा कार्यालय टोखा, तनहुं जिल्लाको शुक्लगण्डकी न.पा.वडा नं. ६ स्थित शाखा कार्यालय खैरेनीटार, गुल्मी जिल्लाको कालीगण्डकी गाउंपालिका वडा न. ४ स्थित शाखा कार्यालय पूर्तिघाट, नवलपुर जिल्लाको देवचुली न.पा. वडा नं. १६ स्थित शाखा कार्यालय टांगीकोट, कपिलबस्तु जिल्लाको शिवराज न.पा.वडा नं. ८ स्थित शाखा कार्यालय चन्द्रौटा, दाङ्ग जिल्लाको घोराही उपमहानगरपालिका वडा नं. १५ स्थित शाखा कार्यालय घोराही, पर्सा जिल्लाको पोखरीया न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय पोखरीयाबजार, मकवानपुर जिल्लाको भिमफेदी गाउंपालिका वडा नं. ६ स्थित शाखा कार्यालय भिमफेदी, महोत्तरी जिल्लाको बलवा न.पा वडा नं. ६ स्थित शाखा कार्यालय बलवाबजार, रौतहट जिल्लाको चन्द्रपुर न.पा. वडा नं. ४ स्थित शाखा कार्यालय चन्द्रपुर, महोत्तरी जिल्लाको पिपरा गाउंपालिका वडा नं. ४ स्थित शाखा कार्यालय पिपरा रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गको सभापतित्वमा भएको समारोहमा प्रमुख अतिथि अर्थमन्त्री खतिवडाले पहिलाको तुलनामा राष्ट्रिय वाणिज्य बैंकले प्रगति गरेको चर्चा गर्दै थप उत्पादकत्व बृद्धि हुने गरी कार्य गर्नुपर्ने बताए । उनले सामाजिक बैंकिङ्ग सहितको मुनाफा सरकारले बैंकबाट चाहेको बताए । 

उनले बैंकले प्राथमिकता क्षेत्र तोकेर लगानी गर्नुपर्ने, वित्तीय पहूचको लागि वित्तीय साक्षरता अभियानलाई अगाडि बताउनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले सरकारी नीति कार्यक्रमलाई सफल बनाउन बाणिज्य बैंक खरो रुपमा उत्रेको बताए । राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका अध्यक्ष महेन्द्रमान गुरुङ्गले समिति स्रोत साधनको अभावमा पनि वाणिज्य बैंकले उत्कृष्ठ सेवा सहित सवोत्कृष्ठ मुनाफा गरेको बताए । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले बैंकिङ्ग प्रविधिलाई आत्मासाथ गरि समग्र बैंकको सुदृढिकरणको लागि क्लिन आरबिबि विथ कन्सोलिडेसन अभियान संचालन गरिरहेको बताए । 

उक्त समारोहमा नेपाल राष्ट बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ, कार्यकारी निर्देशकहरु देबकुमार ढकाल, मुकुन्दकुमार क्षेत्री, राष्ट्रिय वाणिज्य बैंक संचालक समितिका सदस्यहरु निर्मलहरि अधिकारी, रबिन्द्रलाल श्रेष्ठ, अर्जुनबहादुर अधिकारी, डा. माधब प्रसाद दाहाल, बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु, उपकार्यकारी अधिकृतहरु, विभागीय प्रमुखहरु, प्रदेश कार्यालयका प्रमुख, कम्पनी सचिव, काठामाडौं उपत्यका भित्रका शाखा प्रबन्धकहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

बैंकले गत आ.व. २०७५-०७६ मा ५ अर्ब ३२ करोड रुपैंया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैंया, कर्जा १ खर्ब ४४ अर्ब रुपैंया र बेस रेट ५.५० प्रतिशत रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, १७८ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

बैंकले बैंकिङ्ग क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ्ग कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ्ग सेवाहरु प्रवाह गरिरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै