• २०८१ बैशाख ७ शुक्रबार

संसारकै महंगो जुत्ता जसको मूल्यमात्रै १ अर्ब ५६ करोड छ !

kharibot

तस्बिर : Splash News/Mirror UK

अमेरिका । विश्वकै महंगो जुत्ता सार्वजनिक गरिएको छ । जसको मूल्यमात्रै १५.१ मिलियन डलर अर्थात् झण्डै डेढ अर्ब नेपाली रुपैयाँ रहेको छ ।

बेलायती डिजाइनर डेबी विंग्घमले यसको डिजाइन गरेकी हुन्, यसअघि उनले विश्वकै महंगो पोसाक डिजाइन गरेकी थिइन् । विंग्घम ठूला ठूला कलाकार, राजखान्दानीहरुका लागि विलासी वस्तु निर्माणमा प्रख्याती कमाएकी डिजाइनर हुन् ।

उक्त जुत्ता अचम्मसँग डिजाइन गरी बनाइएको छ । त्यसमा गुलाबी र निला हिराजडित रहेको छ, जसको मूल्यमात्रै नौ लाख ८० हजार पाउण्ड पर्छ । उक्त जुत्ता जन्मदिनको शुभकामनाका लागि माग भएको बुझिएको छ ।

त्यसमा तीन क्यारेटको सेतो हिरा र अरु एक हजार प्वाइन्टर हिराहरु आकर्षक रुपमा राखिएका छन् । सबै हिराहरु प्लाटिनममा जडित गरिएका छन् भने जुत्ताको जिप स्वर्णजडित रहेको छ । त्यस्तै लेदर कोटिंग प्रोसेस २४ क्यारेट सुनबाट पेन्ट गरिएको छ ।

डिजाइनरकी प्रवक्ताका अनुसार कसैलाई मायाको चिनो स्वरुप जन्मदिनको सौगातका लागि माग गरिएको हो । फ्लोरिडातिरका कलाकार क्रिस काम्पबेलसँगै सहकार्यमा उक्त जुत्ताको डिजाइन गरिएको हो । उनले यसअघि डिजाइन गरेको पोसाकको मूल्य ११.७ मिलियन पाउण्ड स्टर्लिंग रहेको थियो ।

  • एजेन्सीबाट अनुदित ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै