• २०८१ बैशाख ८ शनिबार

मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस

kharibot

काठमाडौं । मिडिया काउन्सिल विधेयक राष्ट्रियसभामा पेस भएको छ । बिहीबार बसेको राष्ट्रियसभा बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पेस गरेका हुन् ।

संघीय संसद सचिवालयमा दर्ता भएदेखि नै विवादित बनेको विधेयकमा कांग्रेस सांसद राधेश्याम अधिकारी, सरिता प्रसाई, अनिता देवकोट र प्रकाश पन्तले विरोधको प्रस्ताव पेस गरेका थिए । उक्त विरोधको प्रस्ताव फिर्ता लिएपछि विधेयक राष्ट्रियसभामा दर्ता भएको हो ।

विरोध दर्ता गराएका अधिकारीले काउन्सिलले जरिवाना लिने विषय स्वीकार गर्न नसकिने बताए । सञ्चारमन्त्री बाँस्कोटाले जरिवानको विषय अदालती निरुपणको विषय बनाउन सकिने बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै