• २०८१ बैशाख १३ बिहीबार

यौनमा यति समयमात्रै टिक्छन् अधिकांश जोडी

kharibot

काठमाडौं । धेरै मानिस आफू यौन सम्पर्क राख्दा निकै कम समय टिकेको र छोटो समयमा नै स्खलन भएको भनी हीनता बोध गर्दछन् । तर, एक सवेक्षणले अधिकांश मानिसको यौन समय करीब बराबर नै रहेको देखाएको छ । 

सेक्स टोय बनाउने एक कम्पनीले गरेको सर्वेक्षणमा ४३२ जोडी संलग्न थिए जसले २ हजारभन्दा बढी समय यौन सम्पर्क राखेका थिए । उनीहरुसँग उनीहरुको यौन जीवनको बारेमा सोध्दा एक अचम्मको तथ्य फेला परेको छ । 

करीब १२ मिनेट मात्रै टिक्छन् अधिकांश जोडी 

सर्वेक्षणको नतिजाले अधिकांश जोडी यौन सम्पर्क राख्दा केवल १२ मिनेट टिक्ने गरेको देखाएको छ । १२ मिनेट निकै कम समय भएको लाग्दछ । तर, अध्ययन प्रतिवेदनमा यो केवल पेनिट्रेसनको मात्रै समय हो कि अथवा फोरप्ले सहितको समय हो भन्नेबारे भने उल्लेख गरिएको छैन ।  

क्लाइमेक्समा १२ मिनेटभन्दा बढी समय 

यौन विशेषज्ञहरुका अनुसार महिलालाई क्लाइमेक्समा पुग्न करीब १२ मिनेटको समय लाग्छ । 
त्यस्तै, एक अर्को शोधले भने यौनको पूरा समय ३० मिनेटभन्दा कम भएमा महिला चरमोत्कर्षमा पुग्न नसक्ने देखाएको छ । 

समयभन्दा अनुभव महत्त्वपूर्ण 

कुनै पनि जोडीको सम्बन्ध प्रगाढ बन्न उनीहरुको यौन जीवन पनि राम्रो र स्वस्थ हुनु जरुरी छ । तर, यौनसम्पर्कका क्रममा समयमा भन्दा यौन अनुभवमा ध्यान दिनु बढी महत्त्वपूर्ण हुन्छ । यसले नै यौनलाई आनन्दमय बनाउन सक्छ । एजेन्सी 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै