• २०८१ बैशाख ११ मंगलबार

बुटवल मालपोतका खरिदार घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय बुटवलका खरिदारसहित दुई जनालाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारले खरिदार जीवनाथ पाण्डे र लेखापढी व्यवसायी कमल पाण्डे एक लाख २० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले जग्गा नामसारी र लालपूर्जा दिन सेवाग्राहीसँग घुस मागिरहेको उजुरीको आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले दुवैलाई पक्राउ गरेको अख्तियारले जनाएको छ ।

घुस वापतको रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय बुटवल अगाडि रहेको ढकाल-पाण्डे लेखापढी  सेवाको कार्यालयबाट घुससहित नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै