• २०८१ बैशाख ७ शुक्रबार

गृह मन्त्रालयद्वारा काठमाडौंसहित २४ जिल्लाका प्रजिअको सरुवा

kharibot

काठमाडौं । सरकारले २४ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

गृह मन्त्रालयले काठमाडौंसहित २४ जिल्लाका प्रजिअको सरुवा गरेको हो ।

गृहको निर्णयानुसार काठमाडौंमा झापाबाट जनकराज दाहाल आएका छन् । रामप्रसाद आचार्यको गृह मन्त्रालयमा सरुवा भएको छ । ललितपुरका प्रजिअ प्रेमराज जोशी मकवानपुर पुगेका छन् । जोशीको ठाउँमा धादिङका भगिरथ पाण्डेलाई ल्याइएको छ । सरकारले मोरङमा मदन भुजेललाई प्रजिअ बनाएको छ ।

त्यस्तै रुपन्देहीमा महादेव पन्थ, बारामा फडिन्द्रमणि पोखरेल, सुनसरीमा राजेश पौडेल र झापामा उदयबहादुर राणा पुगेका छन्।  इलाममा सीताराम कार्कीको सरुवा भएको छ । धादिङमा आशमान तामाङ प्रजिअ बनेका छन् । 

सुर्खेतमा वसन्त अधिकारी, बाँकेमा कुमारबहादुर खड्का र कास्कीमा रमेश केसी प्रजिअ भएका छन् । मुस्ताङमा बेदप्रसाद अर्याल र जाजरकोटमा जनकराज पन्त प्रजिअकारुपमा सरुवा भएका छन् । सरकारले रुकुम पूर्वमा मोहनप्रसाद अर्याललाई पठाएको छ ।

बझाङमा उमेश पाण्डे सरुवा पुगेका छन् ।

डा. कृष्णबहादुर घिमिरे धनकुटाका प्रजिअ भएका छन् । सुनिल खनाल सप्तरी, सूर्यबहादुर खत्री महोत्तरी र श्रवणकुमार तिमल्सिना काभ्रेमा कायममुकायम प्रजिअ भएका छन् ।  यसैगरी, दीर्घनरायण पौडेल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय प्रमुख बनेका छन् । उपसचिव सुरेन्द्र पौडेल नख्खु कारागार प्रशासन प्रमुख बनेर गएका छन् । 

त्यस्तै बेदनिधि अधिकारि कारागार व्यवस्थापन विभागको उपसचिवमा सरुवा भएको छ भनेव यादव सुवेदी अध्यागमन विभाग, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँको वरिष्ठ अधिकृतमा सरुवा भएको छ । त्यस्तै नेत्र पौडेललाइ चितवनको सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा गरिएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै