• २०८१ बैशाख ७ शुक्रबार

नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

kharibot

काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलमा नेपाल फाइनलमा पुगेको छ । 

भारतको कोलकत्तास्थित कल्याणी रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा नेपालले भूटानलाई ६–० गोलअन्तरले पराजित गर्दै फाइनल नजिक पुगेको हो ।

त्यस्तै राउन्ड रोविनको अन्तिम खेल भारतले बंगलादेशलाई ४-० गोल अन्तरले पराजित गरेसँगै नेपाल समुहमा दोस्रो हुदै फाइनलमा पुगेको हो । 

नेपालको जितमा कप्तान प्रदीप लम्सालले दुई गोल गरे । यस्तै असिम राई, क्रिस सापकोटा, निराजन खत्री र सुगम जिम्मीले एक गोल गरेका थिए । 

खेलको पाँचौँ मिनेटमा प्रदीपले पेनाल्टीमार्फत गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको नवौँ मिनेटमा निराजनले गोल गर्दै नेपाललाई २–० को अग्रता दिलाए । 

खेलको पहिलो हाफमा दुई गोल गरेको नेपालले दोस्रो हाफमा चार गोल थप्यो । खेलको ४८ औँ मिनेटमा प्रदीपले व्यक्तिगत दोस्रो गोल गर्दै नेपाललाई ३–० को अग्रता दिलाए । त्यसैगरी खेलको ७५औँ मिनेटमा असिमले गोल गरे भने खेलको ८५औँ मिनेटमा क्रिसले गोल गरेका थिए । खेलको दोस्रो हाफको अतिरिक्त समयमा सुगमले एक गोल थप्दै नेपाललाई ६–० को सहज जित दिलाए ।

भारतले लिग चरणका सबै खेल जितेर शिर्ष स्थानमा रहदै फाइनलमा पुगेको हो छ भने नेपाल ४ खेलमा ३ खेलमा विजयी भएर दोस्रो हुदै फाइनलमा पुगेको हो । 

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्कालाई २-० ले, बङ्गलादेशलाई ४-१ ले र भूटानलाई ६-० ले पराजित गर्न सफल भएको थियो ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी छन् जसमा श्रीलङ्का र भूटान भने प्रतियोगिताबाट यसअघि नै बाहिरिसकेका छन् भने बंगलादेश आज भारतसँग पराजित हुदै बाहिरिएको हो ।

अब फाइनल खेल नेपाल र भारतबीच शनिबार अपराहन्न ३ बजे हुने छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै