• २०८१ बैशाख १२ बुधबार

सारथीका ट्याक्सीमा कुमारी बैंकको क्यूआर पेमेन्ट प्रविधि 

kharibot

काठमाडौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहक लगायत सर्वसाधारणहरुलाई थप सुविधा दिने उद्देश्यले देशकै प्रचलित र एप–बेस्ड बुकिङ्ग सुविधा भएको ट्याक्सी सेवा प्रदायक कम्पनी सारथी प्राइभेट लिमिटेडसँग डिजिटल पेमेन्ट सम्बन्धी सहकार्य गरेको छ । 

आधुनिक सूचना प्रविधिको प्रयोग गरी दैनिक आवतजावत सहज बनाउनका लागी सारथीका ट्याक्सीहरुमा सो भुक्तानी प्रणाली स्थापना गरिने बैंकले जनाएको छ । सो प्रविधिले नगदरहित र झन्झटमुक्त कारोबारमा सहजता ल्याउनुका साथै ट्याक्सी व्यवसायीहरूको आम्दानीलाई पनि तुरुन्तै सम्बन्धित बैंक खातामा जम्मा भई बचत हुने र उक्त निक्ष्ोपमा प्राप्त हुने ब्याजको समेत लाभ हुनेछ । यसैगरी, ग्राहकवर्गहरुले पनि बायोमेट्रिक लगईन मार्फत सुरक्षित, नगदरहित भुक्तानी गर्न सक्नेछन् । 

ग्राहक र चालक दुवैको सहजता र सुरक्षालाई मध्यनजर राख्दै सो सुविधा विस्तार गर्न लागिएको हो । सो पेमेन्टमा ग्राहकहरुले कुमारी बैंकको मोबाइल बैंकिङ्ग एपका साथै फोनपे नेटवर्क अन्तर्गतका सम्पूर्ण बैंक र वालेटबाट पनि सिधै भुक्तानी गर्न सक्नेछन् । बैंकले सो पेमेन्ट प्रणालीको प्रोत्साहनका निम्ति सेप्टेम्बर १ देखि ग्राहक र चालक दुवैका लागि आकर्षक बोनस र क्यास ब्याकको योजना पनि ल्याएको छ । उक्त योजना अनुरूप हरेक क्युआर पेमेन्टको कारोबारमा चालकले १५ रुपैयाँसम्मको बोनस तथा ग्राहकले २० रुपैयाँ सम्मको क्यास ब्याक प्राप्त गर्नेछन् । 

आफूलाई समसामयिक प्रविधिको अनुकरण गर्न सफल बैंकको रूपमा दर्शाउन सफल कुमारी बैंकले आफ्ना देशभर रहेका १०३ शाखा संजाल, ९३ एटिएम्, ३ एक्सटेन्सन काउन्टर तथा ३ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा सेवाहरु दिदैं आएको बैंकले आगामी दिनमा यस्तै प्रभावकारी सेवा पुर्याउने प्रतिबद्धता जनाएको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै