• २०८१ बैशाख १३ बिहीबार

बाबा ! कसरी बिर्सुँला र म ?

kharibot

आमा मामाघर जाँदा मैले पकाएको भात डढेपछी मलाई भोक छैन, तिमी माथी माथीको झिकेर खाउ भनेको
कसरी बिर्सुँला र म?

स्कुलमा खेल्दा लडेर जिउ भरी घाउ बनाएर आउँदा मेरो रोदनले रसाएका हजुरका आँखाहरु
कसरी बिर्सुँला र म?

चकलेट खाने मन गरिरहेको मेरो मन मार्न नसकेर चकलेट किनेपछी
ममिलाई नभन है?भन्दै जिस्क्याएको
कसरी बिर्सुँला र म?

अनि स्कुल जान्न भनेर रुँदौ गर्दा अहिले बस्दै गर म हाफ टाइममा लिन आउँछु भनेर झुक्क्याएको
कसरी बिर्सुँला र म?

म मैले बोक्न नसक्ने किताब बोकेर स्कुल जान्थेँ बाबा अहिले पनि उँहाले बोक्न नसक्ने तनाब बोकेर हिँडिरहनु हुन्छ
हिँड्दा हिँड्दै खुट्टा दुखेपछी मलाई काँधमा राखेर आफैँ भट्भाटे बनेको
कसरी बिर्सुँला र म ?

मैले पहिलो पटक घर छोड्दा रसाएका ती आँखाहरु
कसरी बिर्सुँला र म ?

घर छोडेपछिको पहिलो फोन कल जस्मा आखाँहरु रसाएर बोली फुटेका थिएनन्
कसरी बिर्सुँला र म ?

चाडवाड आउँदा दिन भरी मलाई सम्झिरहने त्यो मन
कसरी बिर्सुँला र म ?

दुनियाँले छोरी बिगारिस् भनिरहँदा गितार किनेर हातमा थमाइदिएको
कसरी बिर्सुँला र म ?

कबिता लेखेर सुनाए पिच्छे मेरो छोरीले गर्छ भन्ने त्यो वाक्य
कसरी बिर्सुँला र म ?

बाबाले हिजो भनेको कुरा आज म बिर्सुँला तर मैले बोलेको पहिलो शब्द र मिति बाबाले बिर्सिएको कुरा
कसरी बिर्सुँला र म ?

छोरी पुल्पुल्याइस् भनाओ, पुल्पुलिएकी छोरी र बाउको सम्बन्ध तिमीहरूलाई के थाहा ?
प्रोफिट र लसको हिसाब नआउँदा क्यालकुलेटर थिचेर सबै सिकाएको कुरा
कसरी बिर्सुँला र म ?

मेरो सानो उपलब्धीमा ठूलो खुसी मनाउने हजुरलाई
कसरी बिर्सुँला र म ?

मेरो छोरीले गर्छ भन्ने त्यो वाक्यकै सहारामा केही गर्ने अठोट लिएर हिँडिरहेकी छु
हजुरले सँधै देखाउने माया
कसरी बिर्सुँला र म ?

म निदाएको मुख नहेरी निन्द्रा नलाग्ने हजुरको मुख हेर्न म आज आउन सकिनँ
हजुरले काँधमा राखेर पुर्याएको त्यो अग्लो ठाउँमा सँच्चै पुग्न मन भएर होला
आज म हजुरको मुख हेर्न आउन सकिनँ

मैले पहिलो पटक बाबा भन्दा उफ्रेर जुन उचाइमा पुग्नु भएको थियो, सायद म भुइँ छोडेर त्यही उचाइमा पुग्न चहान्छु
त्यसैले म त्यहाँ आउन सकिनँ

हजुरले पसिना बगाएर मलाई जुनठाउँमा पुर्याउनु भएको छ, आज त्यही ठाउँबाट हजुरलाई भन्दै छु-
बुबा !! ह्यापी फादर्स डे !! 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै