• २०८१ बैशाख ८ शनिबार

मेसी अझै ठिक भएनन्, ओसासुनाविरुद्ध पनि नखेल्ने

kharibot

काठमाडौँ । लियोनेल मेसी इन्जुरी ठिक नभएपछि आगामी शनिबारको खेल समेत नखेल्ने भएका छन् । यस अघि बार्सिलोनाका यस सिजनका दुवै खेलमा नखेलेका मेसी तेस्रो खेलमा ओसासुनाविरुद्ध पनि नखेल्ने भएका हुन् । 

मेसीले यस सिजनको ला लिगाको पहिलो खेल समेत गुमाएका थिए, एथलेटिक क्लबविरुद्धको सो खेलमा बार्सिलोना १-० गोलले पराजित भएको थियो ।

त्यस्तै मेसी नखेलेको दोस्रो खेलमा रियल बेटिसमाथि बार्सिलोना ५-२ ले विजयी भएको थियो ।

बार्सिलोनाका प्रशिक्षकले इर्नेष्टो भालभेर्डोले मेसीको बारेमा कुनै रिस्क लिन नचाहेको बताउदै उनी ठीक हुने प्रक्रियामा रहेको बताएका छन् ।

उनले मेसी सेप्टेम्बर १५ मा भलेन्सियाविरुद्धको खेलसम्म खेल्न सक्ने विस्वास व्यक्त गरे ।

मेसी बाहेक बार्सिलोनाका लुइस स्वरेज र उसमान डेम्बेले समेत घाइते छन् ।  

शुक्रबार राति युइएफए अवार्डमा उत्कृष्ट फरवार्डको अवार्ड जितेका मेसीले सेप्टेम्बरमा व्यस्त खेल तालिका रहेकाले अहिले हतार गरेर नखेलेको कोच भालभेर्डोले बताए ।

बार्सिलोना सेप्टेम्बरमा ला लिगाका ५ खेल र च्याम्पियन्स लिगको एक खेल गरी कुल ६ खेल खेल्ने छ । ला लिगामा ओसासुना, भलेन्सिया, ग्रानडा, भिल्ला रियल र गेटाफेसँग खेल्ने छ भने च्याम्पियन्स लिगमा डोर्टमण्डसँग खेल्ने छ ।

मेसी गत महिना सम्पन कोपा अमेरिकाको तेस्रो स्थानको खेलमा अर्जेन्टिनाका लागि खेलेपछि कुनै खेल खेलेका छैनन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै