फेक न्युज र भाइरलको जमाना

खरीबोट

कुरो ३ मंसिर, २०७४ को हो । म विहान करिव ८:५० तिर तिनकुनेदेखि कुलेश्वर सार्वजनिक यातायातमा यात्रा गर्दै थिएँ । बस निकै कोचाकोच थियो तर भाग्यवस भनौं लाष्टैतिर भएपनि सिट पाएको थिएँ । मेरो छेउमा त्यस्तै ४० बर्ष हाराहारीको अधवैशे मानिस सामाजिक सञ्जाल फेसबुकमा ब्यस्त थिए । 

जिज्ञासु स्वाभाव भएकाले होला, छेउछाउकाले के गरिरहेको छ, के भनिरहेको छ जस्ता कुरामा खुबै उत्सुक लाग्छ । त्यहाँ पनि यो मौका खेर जान दिईन र अधवैशेको मोवाईलमा एकटक नजर लगाइरहें । त्यहाँ धेरैपटकसम्म ठुलाठुला टाउकामा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालका छोरा प्रकासको फोटो आईरहर्यो तर ती अधवैशें त्यसलाई इग्नोर गर्दै अगाडी बढिरहे । अलिक तल पुगिसकेपछि भने उनी त्यस्तै ठुलो टाउकोमा टक्क अडिए, एकछिन गम खाए र ठुलै स्वरमा चिच्याए, प्रचण्डेको छोरो मर्यो रेन्त ! बसमा भएका यात्रु सबै एकअर्काको मुखामुख गरे । केहि क्षणमै सबैको अपत्यारिलो स्वर गुञ्जियो, हैन फेक न्युज होला ।

निकैबेरको हल्लाखल्लापछि एउटाले भन्यो, एफएममा समाचार आउन लाग्यो, सुनौं न । समाचार सुनेपछि कन्फर्म भयो, साँच्चै प्रकाश दाहालको निधन भएकै रहेछ । 

राजधानीमा, विहान करिब ६ बजे घटेको घटना ९ बजेसम्मपनि फेक हो या साँचो भन्नेमा दोधार रहेको देख्दा मनमनै गम्न बाध्य भएँ, घटना त अनलाइन पोर्टलहरुमा उहिल्लै भाइरल भईसक्यो तर पत्याउन र कन्फर्म गर्न हाम्रा अडियन्सलाई कति सकस रहेछ ।

यो त भयो आज भन्दा दुई बर्ष अगाडीको घटना । यस्तै घटना अब अनलाइन पोर्टलबाट युट्युव च्यानलतिर सरेको छ । 

पहिलेको तुलनामा सुचना र सञ्चारले निकै फड्को मारिसक्यो । सबैको हातहातमा सुचना प्राप्त गर्ने स्रोतहरु छन् तर घटना कन्फर्म गर्न गाह्रो छ । गाह्रो नहोस् पनि कसरी, जमानै फेक न्युज र भाइरलको छ ।

बिभिन्न फेक साइटका कारण स्थापित मिडियालाई भने फाईदै पुगेको छ । कुनै घटना घटेको वा नघटेको अर्थात घटना रियल हो वा फेक थाहा पाउन अडियन्सका औला स्थापित अनलाइनका अक्षर थिच्नतिर लाग्ने अनलाइन खबरका सम्पादक अरुण वरालको अनुभव छ । उनले भने, अडियन्स अन्य फेक र कपीपेष्ट मात्रै गर्ने मिडियादेखि समाचार थाहा पाउँछन् र कन्फर्म गर्न हाम्रा अनलाइनको बटम दवाउँछन् । 

यसले भर्खरै खुलेका तर स्थापित नभईसकेका मिडियालाई अप्ठ्यारो पर्नसक्ने बताउँदै बराल थप्छन्, हरेस नखाई निरन्तरता दिए पक्कैपनि राम्रो नियतले खुलेका अनलाईन पोर्टल र युट्युव च्यानलको भविष्य राम्रो छ तर व्यवसायीक तरिकाले आचारसंहिता पालना गरेर लागिपर्नुपर्यो ।

फेक न्यूज अर्थात झुटो समाचार । पछिल्ला वर्षहरुमा यसको जगजगी दिन दोगुना त रात चौगुनाका दरले बढिरहेको छ । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा होस् वा भारतीय निर्वाचनमा नै होस्, चर्चा फेक न्यूज अर्थात झुटो समाचारकै छ । अझै अर्को सनसनी र रमाइलो कुरा त के छ भने फेक न्युज शब्द सन् २०१७ का लागि विश्वको सबैभन्दा चर्चित शब्द समेत बनेको छ । कालिन्स शब्दकोशले यस शब्दलाई सन् २०१७ को चर्चित शब्दका रुपमा सम्मान गरेको हो ।

त्यस्तै अहिले फेक न्युज शब्दको प्रतिस्पर्धामा उत्रिएको अर्को शब्द हो भाइरल । आजकाल पत्रकारिता भनेकै फेक न्युज र भाइरल शब्दले धानेको भान हुन्छ ।

फेक न्युजको फसाद

सिमा ( नाम परिवर्तन ) अहिले २१ बर्ष पुगिन् । उनकी आमा र सिमा सँगै बसेर सामाजिक संञ्जाल चलाउँथें । उनले भनिन्, आमालाई फेशबुकमा लाईक, कमेन्ट र सेयर गर्न आउँथ्यो । उहाँ बिहानबिहानै आज यो वार यो भगवानको फोटोमा लाईक र सेयर गरे दिन सफल हुन्छ भन्दै नाम चलेकै अनलाइनले हालेका फोटोहरु सेयर गर्नुहुन्थ्यो । एकपटक साउदी गएका नेपालीलाई मालिकले यसरी यातना दिदैं, पहिले सेयर गर्नुस्, अनि हेर्नुस् भिडियो भनेको एक लिंक, पहिले सेयर गर्नुभएछ र पछि लिंक क्लिक गर्नुभएछ तर त्यो त भाइरस पो रहेछ ।

त्यस भाइरसले अस्लिल भिडियो सबैकहाँ पठाएछ, पछि एक अंकलले फोन गरेर, ओई के भो तेरो आमालाई केके भिडियो पो आईरहेछ त भनेपछि हेरेको त भाइरसले हैरानै बनाएको रहेछ । रुनु कि हाँस्नु बनाएको थियो त्यो भिडियोले । सिमाले अझै थपिन्, धेरै नबुझ्ने मानिसले त आमालाई नराम्रो मान्छे, अश्लिल भिडियो हेर्दिरैछ भनेर कुरा काटे र आमाले फेशबुक चलाउनै छाडिदिनुभयो ।

सिमा मात्रै होईन यस्ता समस्या अहिले धेरैका आमाबुबाको कमन समस्या भईसकेको छ । विभिन्न अनलाईन लिंकवाट फेसवुकमा पोष्ट गरिएका फेक न्युजले आम पाठकवीच भ्रम सिर्जना गर्ने काम भैरहेको छ । 

हालसालैको घटना पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणलाई हेर्ने हो भने पनि यहि देखाउँछ । मानिसहरु साँचो कुरा एकातिर थाँती राखेर फेक न्युज र भाइरल समाचारको पछि दौडिरहेका भेटिन्छन् । 

फेसवुक, ट्वीटर, ह्वाट्स एप, भाइवर जस्ता सामाजिक सञ्जाल मार्फत फेक न्यूजहरू भाइरल भइरहेका छन् । यस्तो विकराल अवस्थालाई मध्यनजर गर्दै सवैभन्दा लोकप्रिय मानिएको सामाजिक सञ्जाल फेसवुकले समेत गलत सन्देशहरू निरुत्साहित गर्न नयाँ कदम चालेको छ ।

साइबर प्रविधिले सञ्चारलाई अगाडि बढाउँदै गर्दा परम्परागत नियन्त्रणका ढाँचा पर्याप्त नभएको तर्क अघि सार्छन् अर्का पत्रकार जितेन्द्र राउत । बीबीसी नेपाली सेवाका स्टेसन म्यानेजर राउतले एक कार्यक्रममा भनेका थिए, अनलाइन पत्रिका मात्रै होइन अव त अनलाइन रेडियो पनि खुल्न थालिसक्यो, यो हामी सबैका लागि खुशिको कुरा हो र हामी पनि आफ्नो रेडियोलाई मोवाईमा रुपान्तरण गर्न जरुरी छ । उनले थपे, अनलाइन पत्रिकामा जस्तै अनलाइन रेडियोमा पनि फेक समाचारहरु बज्छन् । यस्ता झुटा समाचार भन्नेहरुलाई सबै मिलेरै कारवाही गर्नुपर्छ ।

फेक न्युज कसरी थाहा पाउने ?

तपाईहरु फेसबुकमै धेरैजसो समाचारहरु हेर्नुहुन्छ होला, त्यसमा कुन फेक हो र कुन रियल हो भनेर छुट्याउन निकै सजिलो छ । यसबारे आफूलाई साइवर सेक्युरिटी एनालाइसिष्ट बताउने आश्विन थपलिया भन्छन्, पहिलो चरणमा हामीले त्यो समाचारको लिंक हेर्नुपर्दछ । जसमा टप लेभल डोमेनबाट उपलब्ध गराइएका सब–डोमेन हामीले कन्फर्म नगरी त्यो समाचार रियल हो भन्न मिल्दैन ।

यसको विश्वास किन गर्नुहुँदैन भने, यी वेवसाईटहरु निशुल्क उपलब्ध छन् । त्यस्तै यी वेवसाईटलाई खराव नियतका मानिसहरुले पनि चलाउन सक्छन् । कतिपय ब्लगहरु भने बिशेषज्ञको पनि हुनसक्छ । 

त्यस्ता ब्लगहरु आफ्ना बिचार राख्नका लागि निर्माण गरिएका हुन्छन् । यस्ता लिंकहरु फेसबुकको खाता खोल्नभन्दा पनि सहज प्रक्रियाबाट खोल्न सकिन्छ,  या भनौ त्यो भन्दा सजिलो तरिकाले खुलाउन सकिन्छ । जसमा धेरै भियोर्स भएमा गुगल एडसेन्सले बिज्ञापन दिन्छ र  बिज्ञापनबाट उनिहरुले पैसा कमाउँछन् । पैसा कमाउनका लागि उनीहरुले तपाइको इमोसनसँग खेल्ने कुराहरु लेखेर राख्छन् र त्यस्ता फेक समाचारलाई भाइरल बनाउँछन् । कतिपय त्यस्ता  सामाग्री पैसा तिरेर समेत भाइरल बनाईएको हुन्छ । त्यसैले यस्ता लिंकहरुहरु फेक समाचार पनि हुनसक्छन् । 

xxx.com अरुभन्दा अलि विस्वासिलो देखिन्छ, किनकि यो डोमेन दर्ता प्रक्रियामा व्यक्तिगत बिबरण पनि उपलब्ध गराउनु पर्ने हुन्छ जुन विवरण https://www.whois.net वेबसाइटबाट सबैसामु उपलब्ध हुन्छ जहाँ वेबसाइट धनिको नाम, फोन नम्बर, इमेल जस्ता विवरण उपलब्ध हुन्छ, जुन कुराबाट पनि हामीले सहि ठाउँबाट समाचार आएको हो या हैन थाहा पाउन सक्छौ, तर ति विवरण पनि दर्ता शुल्क भन्दा अलि बढी पैसा तिरेर हटाउन सकिन्छ ।

सबैभन्दा राम्रो उपाय भनेको जस्तोपायो त्यस्तै वेवसाइटका फेसबुक पेजलाई लाईक नगर्ने र विश्वासिला मिडियामा आएको समाचारलाई मात्रै विश्वास गर्ने र तिनै समाचारहरु मात्रै सेयर गर्ने नै हो । 

सम्बन्धित समाचार

 लोप हुने अवस्थामा परम्परागत प्रविधिका साधन

म्याग्दी । परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका साधन सङ्कटमा परेका हुन् । मानिसको

शिक्षणमा प्रविधिको प्रयोग : कसरी गर्ने स्मार्ट शिक्षण ?

काठमाडौँ । विद्यालयको कक्षाकोठामा पहिला सिलोट, त्यसपछि चकबोर्ड हुँदै अहिले इन्टरेक्टिभ स्मार्ट बोर्ड प्रयोग हुन थालेको छ । सूचना, संचार र प्रबिधिको क्षेत्रमा आएको क्रान्तिले कक्षाकोठाको सिकाईमा आमूल परिवर्तन आएको

आइफोन ११ लाई विशेष बनाउने १० प्रमुख विशेषता

काठमाडौं । आइफोन निर्माता एप्पलले आफ्नो बार्षिक इभेन्ट सेप्टम्बर १० मा आइफोनको ११औ सिरिज लन्च गरेको छ । एप्पलले आइफोन ११, आइफोन ११ प्रो र आइफोन ११ प्रो म्यास गरी तीन

अलिबाबाको अध्यक्षबाट ज्याक माले दिए राजिनामा

बेइजिङ ।  विश्वकै सर्वाधिक ठूलो इ–कमर्श कम्पनी अलिबाबा समूहका संस्थापक ज्याक माले कम्प्नीको अध्यक्षको पदबाट मंगलबार राजिनामा दिएका छन् । अमेरिका–चीन करयुद्धका कारण व्यवसाय नै संकटमा पर्न लागेको अवस्थामा संस्थापक ज्याकले


z