• २०८१ बैशाख ६ बिहीबार

यू–१५ साफ फुटबल फाइनलको पहिलो हाफमा नेपाल ३ गोलले पछाडी 

kharibot

काठमाडौँ । भारतमा जारी पाँचौँ संस्करणको साफ यू–१५ (पन्ध्र वर्षमुनि) च्याम्पियनसिप फुटबलको फाइनल खेलको पहिलो हाफमा नेपाल ३-० गोल अन्तरले पछाडी परेको छ ।

भारतले पहिलो हाफमा ३ गोल गर्दै नेपाललाई दबाबमा राखेको छ । भारतले खेलको १५औ मिनेट, ४१औ मिनेट र ४५औ मिनेटमा गोल गरेको थियो ।

प्रतियोगितामा नेपालसहित बङ्गलादेश, भारत, श्रीलङ्का र भूटान सहभागी साफ प्रतियोगितामा भारत र नेपाल पहिलो र दोस्रो हुदै फाइनलमा पुगेका हुन् ।

भारतले लिग चरणका चार वटै खेल जितेर अपराजित हुदै फाइनलमा पुगेको हो भने नेपाल ४ खेल मध्ये ३ खेलमा जित र एक खेलमा हार बेहोरेर दोस्रो हुदै फाइनलमा पुगेको हो ।

पहिलो खेलमा भारतसँग ५-० ले पराजित नेपाली टोलीले त्यसपछिका तीन खेलमा श्रीलङ्कालाई २-० ले, बङ्गलादेशलाई ४-१ ले र भूटानलाई ६-० ले पराजित गर्न सफल भएको थियो ।

त्यस्तै भारतले भने नेपाललाई ५-० ले, भुटानलाई ७-० ले, श्रीलंकालाई ५-० ले र बंगलादेशलाई ४-० ले पराजित गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै