• २०८१ बैशाख ७ शुक्रबार

ट्वीटरका सीईओ ज्याक डोर्सीको एकाउन्ट ह्याक

kharibot

अमेरिका । अमेरिकी प्रविधि कम्पनी ट्वीटरका संस्थापक तथा सीईओ ज्याक डोर्सीको एकाउन्ट ह्याकरहरुले शुक्रवार केही समयका लागि ह्याक गरेका थिए । एकाउन्ट ह्याक गरी ह्याकरहरुले त्यसबाट आपत्तिजनक ट्वीट पनि गरेका थिए । एकाउन्टमार्फत ट्वीटर हेडक्वाटरमा बम भएको हल्ला चलाइएको थियो ।

त्यस्तै, डोर्सीको छविलाई बिगार्न ह्याकरहरुले उनको ट्वीटर एकाउन्टबाट आतंकवादी टिप्पणी र एडोल्फ हिटलरको प्रशंसासहितको ट्वीट समेत गरेका थिए । 

ह्याक गरिएको उक्त एकाउन्टबाट उनीहरुले डिस्कोर्ड सर्भरको एक लिंक पनि सेयर गरेका थिए । यो एक यस्तो च्याटरुम हो जहाँ प्रयोगकर्ताहरु आफ्नो एकाउन्ट ह्याक भएपछि आफ्नो भडास पोख्छन् । डोर्सीको एकाउन्ट ह्याक भएपछि उनका फलोअरको प्रतिक्रिया बुझ्न उक्त लिंक शेयर गरिएको हो । 

३० मिनेटसम्म एकाउन्ट ह्याकरको नियन्त्रणमा 

ह्याकिङ भएको ३० मिनेटपछि ट्वीटरले स्पष्टीकरण दिँदै डोर्सीेको एकाउन्ट पुनः उनको नियन्त्रणमा आइसकेको बताएको थियो । यद्यपि, कम्पनीले भने आफ्नो प्रविधिमा कुनै गडबडी नभएको बताएको छ । 

बमको हल्ला गलत सावित 

ट्वीटरका एक प्रवक्ताले कम्पनीले ह्याकरले दिएको बम रहेको चेतावनीको परीक्षण पनि गरेको, तर परीक्षणमा केही पनि फेला नपरेको बताएको छ । यो केवल एक हल्ला मात्र रहेको उनको भनाइ छ । 

फोन नम्बरका कारण भयो ह्याक 

ट्वीटरले डोर्सीको एकाउन्ट ह्याक हुनुमा आफ्नो कमजोरी नभई टेलिकम कम्पनीको दोष रहेको बताएको छ । कम्पनीले डोर्सीको एकाउन्ट जुन फोन नम्बरमा लिंक थियो त्यो नेटवर्क प्रोभाइडरको सेक्युरिटीमा आएको कमजोरीका कारण एकाउन्ट ह्याक भएको बताएको छ ।

ह्याकरहरूले डोर्सीको एकाउन्ट नियन्त्रण गर्न सिमस्वापिङप्रविधि प्रयोग गरेको बताइएको छ । यस प्रविधिमा मोबाइल प्रोभाइडरका कस्टमर सपोर्टका कर्मचारीलाई घुस दिएर विद्यमान फोन नम्बर नयाँ सिम कार्डमा सारिन्छ ।

ह्याकरले एकाउन्टलाई आफ्नो नियन्त्रणमा लिएपछि त्यसबाट सजिलै आफूले चाहेअनुसार ट्वीट गर्न सक्छन् । तर, हाल यो समस्या समाधान भइसकेको बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै