• २०८१ बैशाख १२ बुधबार

राष्ट्रिय सभागृहमा यामाहाको महा–एक्सेञ्ज मेला

kharibot

काठमाडौँ । यस वर्ष नेपालको अटो उद्योगमा अझ बढी उत्साह थपिएको छ । यामाहा महा–एक्सेञ्ज मेलामा नाडाको उत्साह महसुस हुनेछ । यो एक्सेञ्ज मेलाको उद्घाटन हिमाँसु सान् र यामाहा मिस नेपाल अनुष्का श्रेष्ठले संयुक्त रुपमा गरेका छन् ।

मोरँग अटो वक्र्सले रणनीतिक रुपमा यसलाई फेरि दोहोर्याएको छ, यामाहाको नयाँ मोडलहरुमा अधिक मात्रामा आकर्षण देखिएको छ । 

मोरँग अटो वक्र्सले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५ लाई प्रस्तुत गरेको छ । यी दुवै बाइकहरुमा परिष्कृत एबिएस र यामाहाको आफ्नै प्रमाणित प्रविधि एफआइ रहेका छन् ।

यो एक्सेञ्ज उत्सवको आकर्षण नै ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कूटर दिएर बजार मुल्याँकनको सबैभन्दा उच्च रु.२०,०००/- अतिरिक्त ग्यारेन्टी मुल्यका साथ नयाँ ब्राण्डको यामाहामा आफ्नो स्तरोन्नति गर्न पाउनु हो ।

६ दिनसम्म चल्ने यो उपभोक्ता लक्षित पहल यही १४ भाद्रदेखि १९ भाद्रसम्म राष्ट्रिय सभा गृह भवन काठमाडौंमा आयोजना हुँदैछ, जहाँ ग्राहकहरुलाई आश्चर्यचकित बनाउने कारोबार उपलब्ध हुनेछ जस्तैः रु.१,००,०००/-सम्मको नगद छुट, सामग्रीहरु सित्तैंमा, स्थलगत फाइनान्स सुविधा र टेष्ट राइडमा आकर्षक उपहारहरु रहेका छन् ।

महा–एक्सेञ्ज मेलामा सेलिब्रेटी वाक–इन्, लाइसेन्स ट्रायल सित्तैंमा, टेष्ट राइड, हाँक्ने प्रतिस्पर्धाहरु, डोर प्राइज र फूड स्टलहरु पनि विशेष आकर्षण रहेका छन् ।

एक्सेञ्ज कारोबारका अलावा महा–एक्सेञ्ज मेलामा आउनु हुने ग्राहकहरुले सबै ब्राण्डका मोटरसाइकलहरुका लागि अन्य निशुल्क सुविधाहरु जस्तैः सित्तैंमा बाइक धुने, निशुल्क परीक्षण क्याम्प सेवा पनि प्राप्त गर्नु हुनेछ ।

अब नयाँ बाइक र दशैं अफरको साथमा यो एक्सेञ्जले बाइकका शौखीनहरुलाई प्रमाणित यामाहा प्रविधिको उत्कृष्ट मोडलमा आफ्नो स्तरोन्नति गर्न एक मञ्च प्रदान गरेको छ ।

 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै