• २०८१ बैशाख १२ बुधबार

एनआईसी एशिया बैंकका एटीएम सुचारु 

kharibot

काठमाडौँ । चिनियाँहरुले लुटेपछि अवरुद्ध भएका एनआइसी एशिया बैंक एटीएम सुचारु भएको बैंकले जनाएको छ ।

पाँच जना चिनियाँ लुटेराहरुले एटीएमको प्रणाली ह्याक गरेर शनिबार करोडौ रकम लुटे पछि विभिन्न बैंकका एटीएम अवरुद्ध भएका थिए ।

एनआईसी एशिया बैंकले आफ्नो एटिएम सेवा सुचारु भएको जानकारी दिएको छ । बैंकले भनेको छ, ‘एटीएम सेवा प्राबिधिक कारणवश केही समयको लागि अवरुद्ध भएकोमा हाल उक्त एटीएम सेवा सुचारु भइसकेको ब्यहोरा सम्बन्धित सबैलाई सुचित गरिन्छ । एटीएम सेवा संचालनमा आए संगै यस बैंकको एटीएम कार्ड बाहकहरुले एन आई सी एशिया बैंकको एटीएम तथा पिओएस मेसिनमा प्रयोग गरी कारोबार गर्न सक्नुहुने जानकारी गराउदछौं । बैंकको नियन्त्रण भन्दा बाहिरको परिस्थितीको कारणवश केही समयको लागि एटीएम तथा पिओएस मेसिनको सेवा स्थगन गर्न परेकोमा बैंक क्षमा प्रार्थी छ ।’

चिनियाँ नागरिकले एटीएम प्रणाली ह्याक गरेर पैसा लुट्न ९ वटा बैंकबाट पैसा निकालिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीका अनुसार तीन वटा बैंकको एटीएम बुथ प्रयोग भएको छ भने बाँकी ६ बैंकको एटीएम कार्ड प्रयोग भएको देखिएको छ ।

प्रहरीले लुटमा संलग्नहरुलाई सार्वजनिक कार्यक्रममा नेपालबाहेक भुटान र भारतबाट पनि कार्डको प्रयोग भएको आशंका व्यक्त गरेको छ ।

शुक्रबार नेपाल आएका चिनियाँहरुले शनिबार ११ बजेदेखि बैंकहरुको कार्ड प्रयोग गरेर पैसा झिकेका थिए । उनीहरुले चार बजेसम्म पैसा झिकेका थिए भने साढे चार बजे पक्राउ परेका थिए ।

नेपाल राष्ट्र बैंकले १ करोड ६८ लाख ५४ हजार रुपैयाँ झिकिएको जनाएको भए पनि प्रहरीले भने १ करोड २६ लाख रुपैयाँ बरामद गरेको छ ।

त्यस्तै नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) ले भने साढे तीन करोड हाराहारी पैसा झिकिएको देखिएको जनाएको छ । लुटिएको रकमको पूर्ण विवरण भने अझै आइसकेको छैन ।

पैसा झिक्नका लागि नबिल, नेपाल एसबिआइ र नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम बुथ प्रयोग भएको छ। कार्ड भने प्रभु, एनआइसी एसिया, सिद्धार्थ, जनता, ग्लोबल आइएमइ, सनराइज बैंकको प्रयोग भएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा चिनियाँहरुले भिसा र नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) बीचमा बसेर एटिएमबाट पैसा लुटेको देखिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै