• २०८१ बैशाख ८ शनिबार

प्रिमियर लिगमा आर्सनल र टोटोनह्याम बराबरीमा रोकिए

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनल र टोटोनह्यामबीचको खेल बराबरीमा सकिएको छ ।

गएराती सम्पन्न खेलमा आर्सनलले २-० ले पछि परेको अवस्थामा कमब्याक गर्दै खेल बराबरी गर्न सफल भएको हो ।

आर्सनलका लागि अलेक्जेन्डर लाकाजेट्टी र एमरिक अउबामेयांगले एक एक ग्ल गरेका थिए । त्यस्तै टोटनह्यामका लागि भने क्रिस्टियान एरिक्सन र ह्यारी केनले एक एक गोल गरेका थिए ।

यस सिजनमा अहिलेसम्म खेलेका चार खेलमा आर्सनलले दुई खेलमा जित, एक हार र एक बराबरी खेलेको छ ।

त्यस्तै टोटनह्याम भने चार खेलमा एक जित एक हार र दुई बराबरी खेलेको छ ।

अब आर्सनलले सेप्टेम्बर १५ मा वाटफोर्डविरुद्ध खेल्ने छ भने टोटनह्यामले भने क्रिस्टल प्यालेसविरुद्ध खेल्ने छ ।

प्रिमियर लिग अन्तर्गत नै गएराती सम्पन्न अर्को खेलमा एभर्टन विजयी भएको छ । एभर्टनले वोल्भरहम्पटनलाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै