• २०८१ बैशाख ६ बिहीबार

ईलिनोइसमा अध्ययनरत नेपाली विद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न

kharibot

वाशिंगटन । संयुक्त राज्य अमेरिकाको ईलिनोइस् राज्य, कार्वोन्डेलस्थित साउर्थन ईलनोइस् युनिभर्सिटिमा विभिन्न संकायमा स्नातक, स्नाकोत्तर र विद्यावारिधीमा अध्ययनरत नेपाली विद्यार्थीहरुको साझा संगठन नेपाली विद्यार्थी समाजले यसै वर्ष युनिभर्सिटिमा भर्ना भएका नयाँ नेपाली विद्यार्थीहरुलाई स्वागत कार्यक्रमको आयोजना गरेको छ । 

उक्त कार्यक्रम नेपाली विद्यार्थी समाज (२०१८ र २०१९) का अध्यक्ष संजिव रेग्मीको नेतृत्वमा भएको थियो । यस विश्वविद्यालयको सेन्टर फर ईन्टरनेशनल एजुकेशनकाका डाइरेक्टर डा.एन्ड्रु कार्भर र समुदाय र शैक्षिक कार्यक्रम संयोजक एवम् नेपाली विद्यार्थी समाजका एडभाईजर डा.इलेन कोन्राडको उपस्थितिमा सम्पन्न यस कार्यक्रमले आगामी वर्ष (२०१९ र २०२०) को नयाँ वोर्ड सदस्यको लागि निर्वाचन पनि यसै कार्यक्रम मार्फत गरेको छ ।

रसाएन शास्त्रमा विद्यावारिधी गरिरहेका भएका कृष्ण पाण्डे आगामी वोर्डको अध्यक्षमा निर्वाचित भएका छन् भने वोर्डको उपाध्यक्षमा प्रविन पराजुली, सचिव कृष्ण शर्मा, कोषाध्यक्ष एलिजा तन्डुकार, सोसल चेयर बिदुर भुर्तेल  र सदस्यहरु प्रशान्त बराल, ईकबाल रइन र राजु झा निर्वाचित भएका छन् । 

यसै वर्ष मात्र यस विश्वविद्यालयमा विभिन्न संकायमा गरि २२ जना नयाँ नेपाली विद्यार्थीहरु स्नातक, स्नाकोत्तर र विद्यावारिधीको लागि भर्ना भएका छन् ।

नेपाली विद्यर्थी समाज कार्वोन्डेलले प्रत्येक वर्ष नयाँ नेपाली विद्यार्थीहरुको स्वागत, तिज, दशैँ, तिहार,होली लगायतका नेपाली संस्कृति झल्किने पर्वहरु मनाउनका लागि विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएको छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै