• २०८१ बैशाख ८ शनिबार

इन्टर मिलानको जितमा लुकाकुको निर्णायक गोल 

kharibot

काठमाडौँ । इटालियन सिरी ए क्लब इन्टर मिलानले लगातार दोस्रो जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा इन्टर मिलानले काग्लिअरीलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

इन्टरको जितमा केहि साता अघि म्यानचेस्टर युनाइटेडबाट इन्टर आएका रोमेलु लुकाकुले पेनाल्टीबाट निर्णायक गोल गरेका थिए । लुकाकुले पहिलो लेक्केविरुद्धको खेलमा पनि एक गोल गरेका थिए ।

यस अघि १-१ गोलको अवस्थमा रहेको बेला खेलको ७२औ मिनेटमा इन्टरले पाएको पेनाल्टीलाई लुकाकुले गोलमा परिणत गरेका थिए ।

यस अघि इन्टर मिलानका लागि लाउटारो मार्टिनेजले खेलको २७औ मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए भने काग्लिअरीका लागि खेलको ५०औ मिनेटमा जोआओ पेड्रोले गोल गर्दै खेल बराबरी गरेका थिए ।

इन्टरले सिरी ए मा लगातार २ खेलमा जित हासिल गर्दै अंक तालिकामा शिर्ष स्थानमा रहेको छ ।       

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै