वैज्ञानिकहरुले खोजे सुनको ग्रह 

खरीबोट

अमेरिका । हाल सुनको भाउ आकाशिइरहेको बेला यदि सुनको ग्रह नै भेटियो भने ? हालसालै वैज्ञानिकहरुले न्युट्रोन स्टारहरु ठोक्किएको करीब दुई वर्षपछि यसबाट ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भएको पत्ता लगाएका छन् । रोयल एस्ट्रोनोमिकल सोसाइटीले आफ्नो मासिक पत्रिकामा सुन र प्लाटिनमका सयौं ग्रह उत्पन्न भएको भन्दै एक अध्ययन प्रतिवेदन प्रकाशित गरेका छन् । 

सन् २०१७ मा दुई तारा ठोक्किएको दृश्य देखे । सन् २०१६ मा पनि यस्तै घटना भएको थियो । त्यसैले यस घटनामा उनीहरुले विशेष ध्यान दिए । यसबाट दुई सूक्ष्म तारा ठोक्किएर विलय भएर किलोनेभा उत्पन्न भएको उनीहरुले बताए । 

ठूला तारा विस्फोट भएपछि अथवा टुक्रिएपछि ताराको बचेको अवशेषलाई न्युट्रोन स्टार अथवा सूक्ष्म तारा भनिन्छ । न्युट्रोन स्टार ब्ल्याक होलमा मिले पनि किलोनोभाको निर्माण हुन्छ । सन् २०१६ र २०१७ भएको न्युट्रोन स्टारको टकराबले ठूलो मात्रामा सुन र प्लाटिनम उत्पन्न भयो । 

ग्यालेक्सी एनजीसी ४९९४ मा सुनको भण्डार 

सुनको यो भण्डार ग्यालेक्सी एनजीसी ४९९४ मा पाइन्छ । यो पृथ्वीभन्दा १३० देखि १४० प्रकाशवर्ष टाढा छ । अर्थात् आजभन्दा करीब १३ देखि १४ करोड वर्ष पहिले दुई न्युट्रोन स्टार ठोक्किएका थिए । ग्यालेक्सी एनजीसी ४९९४ मा कति सुन छ भनेर हाल अनुमान गर्न नसकिए पनि टकराव बाट निकै धेरै सुन र प्लाटिनमका पिण्ड बनेको वैज्ञानिकहरु बताउँछन् । 

पृथ्वीको सुन केवल २० घनमिटरमा अट्ने 

पृथ्वीमा सुन र प्लाटिनम कसरी उत्पन्न भयो भन्ने कुरामा यस अध्ययनले मद्दत गर्ने वैज्ञानिकहरुको मान्यता छ । पृथ्वीको गर्भमा केकति सुन र अन्य बहुमूल्य धातु छन् भनेर अझै स्पष्ट तथ्यांक छैन । पृथ्वीमा पाइने यी बहुमूल्य धातु लाखौं वर्षपहिले निर्माण भएको किलोनोभाकै परिणाम रहेको उनीहरुको अनुमान छ । पृथ्वीमा हालसम्म उत्खनन गरिएको सुन करीब २० घनमिटरको ट्यांकीमा अट्ने वैज्ञानिकहरुले बताएका छन् । 
 

सम्बन्धित समाचार

एक सय ९१ तोला चाँदीसहित एक जना पक्राउ

हेटौँडा । प्रहरीले भन्सार छलेर ल्याएको १ सय ९१ तोला चाँदीको गरगहना सहित एक जनालाई पक्राउ गरेको छ । ना१४प २८३६ नं को मोटरसाइकलमा लुकाइ राखेको अवस्थामा चाँदीको गरगहना सहित प्रहरीले

सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । सोमबार सुन तथा चाँदीको मूल्य स्थिर नै रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ७० हजार ४ सयमा कारोवार भैरहेको

नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छजना पक्राउ

काठमाडौँ । नक्कली सुन देखाइ ठगी गर्न खोज्ने छ जना आज पक्राउ परेका छन् । कपनस्थित निलो पुल नजिकै एक किलो नक्कली सुन देखाइ रु ५० लाखमा बिक्री गर्ने क्रममा उनीहरुलाई

चाँदीको गरगहना सहित एक युवक पक्राउ

लहान । प्रहरीको टोलीले भारतीय सिमासँग जोडिएको सिरहाको बरियारपट्टी बजारबाट करीब अढाइ किलो चाँदीसहित एक जना पक्राउ गरेको छ । भारतीय बजारबाट नेपालतर्फ आइरहेका मोरङको रङ्गेली नगरपालिका–६ निवासी २५ वर्षीय उमेश


z