• २०८१ बैशाख १३ बिहीबार

तालिवानको आक्रमणमा अफगानिस्तानमा सरकार समर्थक एघार नागरिक सेना मारिए

kharibot

अफगानिस्तान । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् । 

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको  झडपमा परी  ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।  

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ ।  तर मारिएका वा घाइते भएका लडाकू  यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै