• २०८१ बैशाख ७ शुक्रबार

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार

kharibot

त्रिपोली (लिबिया) । लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट १०० भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ ।

जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुङ्गामा सबार १०८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

उद्धार गरिएकाहरुमा अरब र अफ्रिकी मुलुकका नागरिक रहेका छन् जसमा १३ जना महिला र आठ जना बालबालिका रहेका छन् ।

प्रवक्ता क्वासमले उद्धार गरिएका आप्रवासीको सामान्य स्वास्थ्य परीक्षण पश्चात् अध्यागमन कार्यालयमा बुझाइएको जानकारी दिए ।  

युरोप प्रवेश गर्न चाहने आप्रवासीले भूमध्यसागर पार गर्न लिबियाको बाटो रोज्ने गरेका छन् । निकै जोखिमपूर्ण यस जलक्षेत्रमा परेर बर्सेनि ठूलो संख्यामा आप्रवासीको मृत्यु समेत हुने गरेको छ ।

राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालयले गत साता लिबियाको पश्चिमी तटीय क्षेत्रमा ४० जना सबार एउटा डुङ्गा दुर्घटना भएको र त्यसमा सबार सबै बेपत्ता भएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै