• २०८१ बैशाख १३ बिहीबार

पुबुदु दसानायके बने भैरहवा ग्लाडीयटर्सको मुख्य कोच 

kharibot

काठमाडौँ । इपिएल टिम भैरहवा ग्लाडियटर्सले नेपालका पुर्व कोच पुबुदु दसानायकेलाई २०२० सिजनका लागि हेड कोचमा नियुक्त गरेको छ ।

भैरहवा ग्लाडियटर्सले दसानायकेलाई मुख्य कोच नियुक्ति गरेको जानकारी दिदै उनलाई एक सिजनका लागि सम्झौता गरेको जानकारी दिएको छ ।

आउदो इपिएलमा भैरहवाको मुख्य कोच बनेपछि पुबुदुले नेपाल जहिले पनि आफ्नो मुटुको नजिक रहेको बताउदै यस अवसरमा फेरी नेपाल आएर नेपाली क्रिकेटमा योगदान गर्ने बताएका छन् ।

पुबुदु २०१३ मा नेपालको आइसीसी विश्व क्रिकेट लिग डिभिजन टुमा खेल्दा मुख्य कोच थिए भने नेपालले पहिलो पटक टी-२० विश्वकप २०१४ मा बंगलादेशमा खेल्दा पनि मुख्य कोच थिए । नेपाली क्रिकेटको विकासमा उनको ठुलो योगदान रहेको छ ।
यस सिजनको इपिएलको आउदो फेब्रुअरी २९ देखि मार्च १४ सम्म (फाल्गुन १७ देखि चैत्र १) सम्म आयोजना हुने भएको छ ।

यस अघि डिसेम्बरमा आयोजना हुदै आएको इपिएल यस अब्र्ष फेब्रुअरीको अन्त्यदेखि सुरु हुने भएको हो । 

साथै यस इपिएलमा सबै फ़्रेन्चाइजीले टेस्ट खेल्ने देशबाट कम्तिमा एक जना आइकोनिक खेलाडी भित्र्याउनु पर्ने नियम बनाइएकोले अन्तर्राष्ट्रिय क्रिकेटका सुपरस्टार क्रिकेटरहरु समेत आउदो इपिएलमा देख्न सकिने सम्भावना बढेको छ ।

इपिएलमा काठमाडौँ किंग्स, ललितपुर प्याट्रीयाट्स, पोखरा राइनोज, चितवन टाइगर्स, बिराटनगर वारियर्स र भैरहवा ग्लाडीयटर्स गरी ६ टिम रहेका छन् ।

२०१७ मा भएको इपिएल बिराटनगर वारियर्सले जितेको थियो भने गत सिजनको उपाधि ललितपुर प्याट्रीयटर्सले जितेको थियो ।                    


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै