तीन महीनादेखि मार्तडी–कोल्टी सडक खुलेन

खरीबोट

बाजुरा । जिल्लाको पूर्वी उत्तरी भेग जोड्ने मार्तडी–कोल्टी सडक लगातारको अविरल वर्षाका कारण अवरुद्ध भएको तीन महीना बित्दा पनि अझै खुलेको छैन ।

लगातारको वर्षाका कारण उक्त सडकसहित विभिन्न ग्रामीण सडक अवरुद्ध बनेका छन् । मार्तडीबाट कोल्टीसम्म दैनिकरूपमा सञ्चालन हुँदै आएका मालवाहक र अन्य सवारीसाधन ठप्प भएका छन् । दैनिकरूपमा चल्ने मार्तडी–कोल्टी सडक अवरुद्ध बनेपछि उत्तरी भेगमा स्थानीय पैदलयात्रा गर्न बाध्य भएका छन् । 

सो सडकमा ठाउँ–ठाउँमा वर्षाले गर्दा पहिरो आएर अवरुद्ध बन्दै गएको हो । दैनिकरूपमा पानी पर्न थालेपछि मार्तडी–कोल्टी सडकमा पर्ने बाउली खोला र अनै खोला, जिल्ली र रजातोलीमा रहेका खहरे खोलामा बाढी आई सडकमा पहिरो आएपछि उक्त क्षेत्रमा चल्ने मालवाहक तथा जीपहरु बन्द भएको जयमालिका यातायात बाजुराका उपाध्यक्ष पृथ्वी रावलले बताए । 
उनले लगातारको वर्षाका कारण जीपहरु उत्तरी भेगमा सञ्चालनमा नआएकाले व्यवसायी मारमा परेको बताए । पानी आएपछि माथिबाट पहिरो खस्ने भएकाले मार्तडी–घटमुना सडकसमेत अवरुद्ध बनेको उपाध्यक्ष रावलको भनाइ छ । यस्तै ग्रामीण भेगमा काटिएका सडक पनि अवरुद्ध बन्दै गएका छन् । 

मार्तडी–कोल्टी सडक अवरुद्ध हुँदा उत्तरी भेगका स्थानीयले सास्ती भोग्दै आएका छन् । बाटो अप्ठ्यारो भएकाले आवतजावत गर्न निकै कठिन हुने गरेको यात्रुको गुनासो रहेको छ । सडक समयमै निर्माण नहुँदा यहाँका स्थानीय वर्षायाममा पैदलयात्रा गर्न छन् । जथाभावीरूपमा खनिएका सडकले जिल्लामा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति बाजुराको तथ्याङ्कमा रहेको छ ।

सदरमुकाम जोड्ने मुख्य सडकम साँफे–मार्तडी राजमार्गका विभिन्न ठाउँमा पहिरो खस्ने गरेको छ । पानी आएका बेलामा ठूलो पहिरो आए मात्र सडक अवरुद्ध हुन सक्ने प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए । 

प्राविधिकरूपमा चेकजाँच नै नगरी काटिएका सडकले पहिरो निम्त्याउने भएपछि जिल्लावासी त्रसित बन्दै गएका छन् । बडीमालिका नगरपालिका र बूढीनन्दा नगरपालिका जोड्ने मार्तडी–कोल्टी सडकलाई सुदूरपश्चिम प्रदेश सरकारले गौरवको आयोजनामा रूपमा प्रथामिकता दिएको छ । सडक निर्माणका लागि प्रदेश सरकारले दुई पटक बजेट छुट्याउँदा पनि निर्माण हुन सकेको छैन । 

सम्बन्धित समाचार

बाजुरामा एक महीनामा दुई करोडको मदिरा कारोवार

बाजुरा । गरीबको हिसाबले सबैभन्दा पछाडि रहेको बाजुरामा एक महीनामा रु दुई करोडभन्दा बढीको मदिरा कारोवार भएको छ । वर्षैपिच्छे खाद्यान्न अभाव खेपिरहने जिल्लामा एक महीनामा रु दुई  करोडभन्दा बढी

कीर्ते कागजात गरी तीन लाख दुरुपयोग 

बाजुरा । जिल्लाको बूढीगङ्गा नगरपालिका–१० मा लक्षित कार्यक्रमअन्तर्गत तोकिएका वर्गका लागि आएको रकम कीर्ते कागजातका आधारमा दुरुपयोग भएको गुनासो बढेको छ । आव २०७५÷७६ को दलित, महिला, बालबालिका र युवा

बूढीनन्दा नगरपालिकाबाटै सुत्केरीको भत्ता गायब

बाजुरा । संस्थागत सुत्केरी गराएवापत महिलाले पाउने सुविधा बाजुराको बूढीनन्दा नगरपालिकाबाटै  गायब भएको छ । एकयस ८८ लाई सुत्केरी भत्तावापत दिनुपर्ने रकम नदिएर नगरपालिकाको स्वास्थ्य शाखाले नै गायब गरेको आरोप

बाजुरा अस्पतालमा सुत्केरीको मृत्यु, लापरवाहीले ज्यान गएको मृतकको आरोप 

मार्तडी । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ ।  नेपालीले बच्चा


z